सिन्कोनाको चौथो अर्द्धवार्षिक दलनायक कार्यशाला सम्पन्न

Cinchona Gangman workshop
सिन्कोनाको चौथो अर्द्धवार्षिक दलनायक (गयाङमेन) कार्यशाला ( Cinchona gangman Workshop) हेड क्वाटर मङपू  निर्देशालय सिन्कोना अनि अन्य औषधीय पौधाहरुको तत्वधानमा सम्पन्न भएको छ | यहाँको निर्देशक कार्यलयमा सम्पन्न कार्यक्रममा गोपाल लामा,  कार्यकारी निर्देशक जीटीए, सिन्कोना बिभाग निरीक्षकको रुपमा उपस्थित थिए भने सिन्कोनाको सबै बिभागको व्यवस्थापकहरु अनि दलनायकहरु पनि बिशेष रुपमा उपस्थित थिए | मङपूको सबै बिभाग, सिटोङ, लाठपन्चर,मनसोङ, रंगपु, साङसेर, बर्मेक, कास्याम, गैरीबास, दलगाउँ, अन्सोलगंज, टुंग, अम्बोटे आदिका दलनायकहरुलाई लिएर राखिएको कार्यशालामा सिन्कोनाको पुर्वघोषित कार्य योजनाहरुको फलाफल बारे क्षलफल गरिएको थियो | सिन्कोना, इपिकेक संगै स्थानको भौगोलिक अवस्था विचारेर निर्देशालयको निर्देशनमा अन्य औषधीय पौधाहरु अनि फल फूल आदिहरुको पनि खेति गर्न आधिकारिक योजनाहरु प्रत्येक विभागहरुलाई दिइएको थियो भने ती योजना अनुरुप तेश्रो कार्यशालापछि अहिलेसम्म के कस्तो प्रगति भयो र खेति राम्रो हुन नसकेको स्थानहरुमा किन हुन सकेन यी सबै कुराहरुको विवरण दलनायकहरुले दिनुपर्ने कार्यक्रम थियो जसमा प्राय: जसो विभागहरुले निर्देशकले दिएको योजना भन्दा अझ बडी उत्पादन दिएर निर्देशकको सपनालाई साकार बनाएको पाइएको छ | प्रत्येक विभागमा सिन्कोना, इपिकेक लगाएर बाँकी रहेको जमीन अनि नर्सरीहरुमा निर्देशकको दुरदर्शिताको फलस्वरूप विभिन्न औषधीय पौधाहरु संगै बगान सुन्दरीकरण, चेउ, अदुवा, अलैंची, अर्किट, फल फूल आदि लगाउने र यसले पनि केही हदसम्म आय श्रोत दिने निर्देशकको योजना साँच्चै सराहनीय रहेको र यस्तै योजनाहरुले सिन्कोनालाई आउँदो दिनहरुमा बिकाशको दिशा तिर अवश्य लैजाने मन्तब्य उपस्थित समुहले पोखेका थिए | कार्यक्रममा पुर्व योजनाहरुको फलाफल अनि बिभागलाई चाहिएको आपूर्तिहरु बारे छलफल संगै आगमी छ महिनाको कार्य योजनाको निश्चिता बारे पनि धेरै लामो बहस चलेको थियो | आजको कार्यशालामा विभिन्न विभागका दलनायकहरुलाई प्रोजेक्टरमा सिन्कोना, इपिकेक अनि विभिन्न औषधीय पौधाहरुको खेतिपाती बारे ज्ञानवर्द्धक  स्लाइडसोहरु देखाएर कार्य प्रणाली बारे जानकारी गराएका थिए |  अन्तमा व्यवस्थापक नरेश कुमार बराइलीबाट आजको कार्यशाला सफलीभूत पार्न जुटेका उपस्थित सम्पूर्ण दलनायक, प्रतिनिधि एवम व्यवस्थापकहरुलाई धन्यबाद साथै निर्देशक डा० सामुयल राईको प्रगतिशील कार्यप्रणाली अनि योजनाहरुको निम्ति धन्यबाद दिएपछि कार्यक्रम समाप्त भएको थियो ||

सिन्कोनाको चौथो अर्द्धवार्षिक दलनायक (गयाङमेन) कार्यशाला ( Cinchona gangman Workshop) हेड क्वाटर मङपू निर्देशालय सिन्कोना अनि अन्य औषधीय पौधाहरुको तत्वधानमा सम्पन्न भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.