सिन्कोनाको अर्द्ध वार्षिक पत्रिका "सिन्कोना सन्देश" लोकार्पित

Cinchona Magazine cinchona sandesh released
सिन्कोना निर्देशालयको तत्वधानमा आज निर्देशक बङलो परिसरमै सिन्कोना बगानको अर्धवार्षिक पत्रिका " सिन्कोना सन्देश" (Cinchona Sandesh) को विमोचन कार्यक्रम डा० सामुयल राई, निर्देशक सिन्कोना एवम अन्य औषधीय पौधाहरुको सभापतित्वमा सम्पन्न भएको छ | आफ्नो ओहोदाले सरकारी तनाखा मात्र नखाएर आफुले पाएको केही अतिरिक्त समय पनि सिन्कोनाबासीको निम्ति केही गर्ने इच्छा राख्ने अनि  सिन्कोनाबासी भित्रको मर्म, कला, साहित्य आदिलाई पनि कुनै मध्यमबाट उजागर गर्ने मानशिकता बोकेका निर्देशकले बगानबासीहरुको लेखनशिल्पलाई कदर गरेर अर्द्ध वार्षिक पत्रिकामा समावेश गर्दै साहित्यलाई पनि केही योगदान दिने उदेश्यमा आज जुन कदम चालेको छ त्यो एउटा ऐतिहासिक कार्य भएको सबैले अनुभव गरेको छ | त्यसै पनि मङपू साहित्य, कला, संगीत आदिमा उर्बर भुमि रहेकोले यहाँ केटा केटी देखि लिएर सेतै कपाल फुलेका व्यक्तिहरुले पनि कथा, कविता कोर्ने गरेको सत्यलाई कसैले पनि नकार्न नसकेको सर्वविधित नै छ तैपनि कतिपय मानिसहरु भने बगानको काममा दैनिक रुपमा व्यस्त रहेर रुचि हुँदा हुँदै पनि साहित्य कोर्न नसक्ने अवस्थामा थियो भने आज निर्देशकको पहलमा आधिकारिक रुपमा अर्द्ध वार्षिक पत्रिकाको शुरुवात भएपछि ती निदाएका हातहरुले पनि फेरि बौंरी उठ्ने मौका पाएको छ |  बगानबासीको काम कुरोमा मात्र निगरानी नराखेर उनीहरुको कला कृतिलाई पनि संधै प्र्होत्सान दिने निर्देशकले गत वर्षको अन्ततिर सिन्कोना बगानबासीका उमेर पाका कलाकारहरुलाई लिएर एउटा सांगीतिक कार्यक्रम साथै लात्ते भकुण्डो पनि आयोजन गरिसकेको छ |
निर्देशकको पद सम्हाल्न मङपू आएदेखि नै सिन्कोनाको इतिहास खोजी गर्ने निर्देशकले विगत वर्ष नै दार्जीलिंगमा प्रथम पल्ट सिन्कोनाको खेती ल्याउने डा० थोमस एण्डरसनको इतिहास अनि उनको तस्वीर हरु खोजेर उनको सालिक निर्देशक कार्यलयकै प्रांगणमा स्थापित गरेका थिए भने आज लोकार्पित गरिएको प्रथम संस्करणको पत्रिका पनि उनैलाई समर्पित गरिएको जनाए साथै पत्रिकाको आवरणमा पनि स्व० विलास राईलाई डा० थोमस एण्डरसनको चित्र चित्रण गराएका थिए | चियाबारीलाई लिएर धेरै साहित्य लेखिए पनि सिन्कोना विषयमा आजसम्म  प्राय: कथा कविताहरु नरचिएको अनुभव गरेर सिन्कोनालाई पनि साहित्य, संगीत आदिको माध्यमबाट पनि विश्वव्यापी बनाउने उदेश्यमा १८६२ सालमा शुरु गरिएको सिन्कोना खेतिले आज १५० वर्ष पुगिसकेको अवसरमा पत्रिका विमोचित गरिएको छ | पहिलो संस्करणमा जे जसो भएपनि आउँदो संस्करणहरुमा सिन्कोनाबासीले भोगेको दु:ख - सुखहरुलाई पनि समावेश गर्दै रचनाहरु कोर्ने निर्देशकले सम्पूर्णलाई निवेदन गरेका छन् | सिन्कोनाको आफ्नै पत्रिकाको शुरुवात गरेर निर्देशकले इतिहास मात्र नकोरेर आउँदोदिनहरुमा अझ यसलाई निरन्तरता दिंदै लैजाने सिन्कोनाबासीमा थप जिम्मेवारी सुम्पेको उपस्थित समुहले अनुभव गरेको छ |

पत्रिका सम्पादक सम्पादक दीप थापाले संचालन साथै स्वागत भाषण राखेको कार्यक्रममा निर्देशकको शब्दमा रचित सिन्कोनाको इतिहास बोकेको गीत पनि अम्बर सेवा, रेखामणी गुरुङ, शारदा रावत अनि पूर्ण गुरुङको स्वरमा प्रस्तुत गरिएको थियो | कार्यक्रममा पत्रिका बारे निर्देशक डा० राईले दुई कुरा राखेको थियो भने पत्रिका बारे मन्तब्य साहित्यकार उदय थुलुंगले राखेका थिए | यही कार्यक्रममा पुष्कर  सिंगर, सुरेन्द्र थिंग अनि सुभद्र बोम्जनले पनि आफ्नो कविता कृतिहरु बाचन गरेका थिए |

डा० थोमस एण्डरसनको सालिकमा मालार्पण गर्दै शुरु गरिएको पत्रिका बिमोचन कार्यक्रममा प्रमुख अतिथि गोपाल लामा, कार्यकारी निर्देशक जीटीए, सिन्कोना बिभाग उपस्थित थिए भने बिशिष्ट अतिथिमा कालुसिहं रनपहेली,  सिन्कोना बगानका सबै व्यवस्थापकगण, मङपूका कवि साहित्यकारहरु आदि उपस्थित थिए | अन्तमा व्यवस्थापक एनके बराइलीको धन्यबाद भाषण संगै कार्यक्रमले अन्तिम रुप लिएको थियो ||

सिन्कोना निर्देशालयको तत्वधानमा आज निर्देशक बङलो परिसरमै सिन्कोना बगानको अर्धवार्षिक पत्रिका " सिन्कोना सन्देश" (Cinchona Sandesh) को विमोचन कार्यक्रम डा० सामुयल राई, निर्देशक सिन्कोना एवम अन्य औषधीय पौधाहरुको सभापतित्वमा सम्पन्न भएको छ |

Read latest post filed under books, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.