मङपू विभागमा मोर्चा युनियनको सभा बिच अन्य पार्टीबाट मोर्चामा सामेल

Janmukti morcha flag
लाब्दा मङपू समष्टि अन्तर्गत मङपू विभागमा गोर्खा जनमुक्ति मोर्चा पार्टीको युनियन दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन मङपू शाखाको चुनावी सभा यहाँको चौरस्ता नजिक सार्वजनिक भवनमा सम्पन्न भएको छ | शाखाकै युनियन सभापति बुद्ध कुमार थापाको सभापतित्वमा सम्पन्न भएको सभालाई गोजमुमो लाब्दा मङपू समष्टि उपसभापति लिला बहादुर छेत्रीले संचालन गरेका थिए भने गोजमुमो मङपू विभाग शाखा सभापति दिल बहादुर साल्मेले स्वागत सम्भाषण राखेका थिए | सभाम आगमी विधान सभा चुनावमा शाखा युनियनले आफ्नो क्षेत्रमा के कस्तो भूमिका निर्वाह गर्नु पर्ने विषयमा उपस्थित नेतृत्वहरु माझ सरसल्लाह भएको थियो भने यही सभा बिच अन्य पार्टीबाट समर्थकहरु गोजामुमोमा सामेल हुन आइपुगेका थिए जसमा दिपक गुरुङ, संदेश राई, दिशन थापा अनि जीत बहादुर राई रहेका थिए | यी समर्थकहरुलाई सभाको मुख्य वक्ता तथा जीटीए बन विभाग सभासद  रतन कुमार थापाले आफ्नो पार्टीको झण्डा दिंदै मोर्चामा स्वागत जनाए साथै मोर्चाको सिधान्तलाई शिरोपर गर्दै गोर्खाल्याण्ड प्राप्तिको निम्ति अध्यक्ष बिमल गुरुङको हात दह्रिलो बनाउने आह्वान गरे | आफ्नो सम्बोधनको क्रममा सभासद थापाले हामी एक हातमा गोर्खाल्याण्डको मुद्दा अनि अर्को हातमा बिकाश लिएर अघि बढेको छौ भन्दै सिन्कोना बगानको जीर्ण अवस्था र बगानबासीको आवश्यकताहरुलाई हेरेर पनि हामीले मूल मुद्दा संगसंगै बिकाश पनि गरेर लैजानुपर्ने सबैलाई स्पष्ट छ यसैले हामी बिकाश पनि गर्छौं र गोर्खाल्याण्डको आन्दोलन पनि गर्दै एकदिन फत्ते गरिछाड्छौ भनेका छन् | यसर्थ हाम्रो मागलाई दुर्बल बनाउने जात जातमा टुक्राउदै षड्यन्त्र गर्नेहरुदेखि सतर्क बस्ने सबैलाई आह्वान गरेका छन् | हामीले सिन्कोना बगान अनि बगानबासीको निम्ति पनि धेरै काम गर्दै आइरहेका छौ भन्दै आगमी विधान सभाको उम्मेदवार डा० रोहित शर्मा जसले आफ्नो जातिको निम्ति बिधान सभाबाट राजिनामा दिंदै वी वान्ट गोर्खाल्याण्डको नारा लगाएर आफ्नो पदबाट राजिनामा लिएका थिए उनै इमान्दार नेतालाई यो पल्ट पनि बहुमतले विजयी बनाउनु पर्ने अपिल सबैलाई गरेका छन् |
यसरी नै सभालाई मङपू शाखा सचिव सुजम छेत्री, युनियन शाखा सचिव पुस्कर थापा, युवा मोर्चा समष्टि सभापति बिकाश गुरुङ, कर्मचारी सभापति गोपाल राई, दातडुप्लालेयु सिन्कोना जोन सचिव गगन राई, समष्टि सचिव रतन लामा आदिले पनि सम्बोधन गरेका थिए |
सभामा सभासद संगै रतन लामा, किरण थापा, सुर्यमणि राई, मिरा दाहाल, बिकाश गुरुङ, गगन राई, किशन बुडाथोकी, हरिप्रसाद राई, एके गुरुङ, प्रकाशचन्द्र राई, दुर्गा सुब्बा, रतन अधिकारी, मङपु विभाग शाखा गोर्खा जनमुक्ति मोर्चा प्रतिनिधिवर्ग, सिम्ले शाखा गोजमुमो प्रतिनिधिवर्ग, चालिस धुरा गोजमुमो प्रतिनिधि आदि उपस्थित रहेका थिए भने अन्तमा सभाका सभापति बुद्ध कुमार थापाले आज मोर्चामा सामेल हुन आउने समर्थकहरुलाई स्वागत गर्दै सभालाई सफलीभूत पर्न आएका उपस्थित सम्पूर्ण प्रति आभार प्रकट गरेका छन् ||

लाब्दा मङपू समष्टि अन्तर्गत मङपू विभागमा गोर्खा जनमुक्ति मोर्चा पार्टीको युनियन दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन मङपू शाखाको चुनावी सभा यहाँको चौरस्ता नजिक सार्वजनिक भवनमा सम्पन्न भएको छ |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.