मङपू ग्राउण्ड टोल परिवारले
यस वर्ष मास कम्युनिकेशन मास्टर
डिग्रीमा सिल्भर मेडल प्रापक
दिब्यासा राई अनि डब्ल्युबीपीएससी
(एसआइ) मा उतीर्ण रेमण्ड लोहारलाई
भब्य कार्यक्रम गर्दै सम्वर्द्धना
जनाएको छ | अशोक लेप्चाको सभापतित्वमा
सम्पन्न भएको कार्यक्रमलाई
शुरुमा ग्राउण्ड टोल परिवारको
सचिव अजित राईले सम्पूर्ण अतिथिहरुलाई
माल्यार्पण कार्यक्रमलाई
संचालन गरेका थिए भने बाँकी
कार्यक्रमलाई समीर मोक्तान
र दिक्षा राईले संचालन गरेका
थिए जसमा कुशल राईले स्वागत
भाषण राख्दै कार्यक्रमको औचितीय
सम्पूर्ण उपस्थितिमा प्रस्ट
पारेका थिए | सम्वर्धित दिब्यासा
राई ग्राउण्ड टोल निवासी प्रदिप
छेत्री र सुर्यमणी राईको ज्येष्ठी
सुपुत्री हुन् भने उदय लोहार
र माता रेनुका थापा लोहारको
कान्छा सुपुत्र हुन् | मुख्य
अतिथि व्यवस्थापक एनके बराइली
सरकारी कुइलेन बगान तथा प्रमुख
अतिथि एम० एफ० करिम चिफ क्यमिस्ट
इमेटिन कारखाना मङपूले आफ्नो
सम्बोधनमा यी दुई नानीहरुले
आज यसरी सफलता हासिल गरेर हाम्रो
समाज र जातिलाई नै गौरवान्वित
तुल्याएकोमा दुवैलाई बधाई
साथै सुन्दर भविष्यको निम्ति
शुभकामना टक्राए साथै परिवारले
यस्तो कार्यक्रम संचालन गरेर
आउँदो पिडीलाई पनि समाजमा असल
कार्य अनि उपलब्धि पाउनेहरुलाई
प्रसंसा गर्दै उनीहरुलाई अझ
हौसला दिन सम्बर्धना जनाउने
जस्तो महत कार्य गर्ने पाठ
सिकाएकोमा ग्राउण्ड टोल परिवारलाई
पनि धन्यबाद व्यक्त गरे | कार्यक्रमलाई
परिवारका मुख्य सलाहकार लिला
बहादुर राई, अभिभावकको पक्षमा
प्रदिप छेत्री अनि उदय लोहारले
पनि सम्बोधन गर्दै दुई शब्द
राखेका थिए | मङपू जन मैदानको
पेभिलेनमा सम्पन्न भएको सम्बर्धना
कार्यक्रममा डीएस लोहार, बीके
मोक्तान, गगन राई, जीएस राई,
क्याप्टन पीबी राई, क्याप्टन
बलिन्द्र राई व्यक्तिहरु पनि
उपस्थित थिए भने अन्तमा कार्यक्रमलाई
सफलीभूत पर्न आफ्नो बहुमूल्य
समय खर्चेर उपस्थिति दिने सम्पूर्णमा
ग्राउण्ड टोल परिवारको पक्षबाट
गगन थापाले आभार प्रकट गरेका
छन् ||
दिब्यासा राई र रेमण्ड लोहारलाई सम्वर्द्धना
25Mar2016
Post a Comment