नालीडांडामा अलग्गै नोटिस बोर्ड अनि अस्पताल क्षेत्रमा स्ट्रीट लाइट

Notice board in Nalidara
आफ्नो ब्यापारको साथ साथै नालीडांडा क्षेत्रलाई संधै माया गर्दै सफा अनि सुन्दर बनाउन नालीडांडा ब्यापारी संगठन जुट्ने गर्छ भने बिगत वर्षको दिसम्बर महिनामा क्षेत्र भरि स्ट्रीट लाइट जडान गरेर सर्व साधारणलाई राति हिड्न सजिलो बनाएको थियो | हालैमा फेरि साधारण जनताको आवश्यकतालाई ध्यानमा राख्दै यहाँको दार्जीलिंग फाटक अनि सरकारी अस्पताल क्षेत्रमा फेरि थप लाइटहरु जडान गरेको छ | संधै संगठनको आफ्नै खर्च अनि केही सहयोगीहरुको सहयोगमा यस्ता जनता हितार्थ काम गर्ने गर्थ्यो भने यसपल्ट अस्पताल क्षेत्रमा लाइट जडान गर्नको निम्ति दुइवटा जीआइ पाइपको निम्ति सिन्कोना व्यवस्थापकलाई अपिल गरेको संगठन सचिव बुद्ध कुमार थापाले बताएका छन् | यसको साथै केही महिना अघि यहाँको नालीडांडा हावाघर जो संधै विभिन्न बिज्ञापन  अनि नोटिसहरु टाँसेर मैला अवस्थामा रहेकोलाई संगठनले सफा गरेर रंग पचेरा गरी सफा बनाएको थियो | जुन हावा घरलाई सफा अथवा विभिन पोस्टर, नोटिसहरु टाँस्नदेखि मुक्त राख्नु हो भने यहाँ अलगै नोटिस बोर्ड चाहिने संगठनले आवश्यकता अनुभव गर्दै व्यवस्थापकलाई नोटिस बोर्डको माग पनि गरेको थियो | जसको फलस्वरूप आज सरकारी कर्मचारीहरुको सहायताले नालीडाँडाको गुम्बा जाने बाटो नजिक अलग्गै नोटिस बोर्ड राख्न सक्षम भएको छ साथै अब उसो हावाघरमा कसैले पनि विभिन्न प्रकारको नोटिस अनि बिज्ञापनहरु नटाँसिदिने संगठनले अपिल गरेको छ | सर्वहितको निम्ति गरिएको महत कार्यमा सिन्कोना व्यवस्थापकनको सहयोगलाई संगठनले सुनमा सुगन्ध सम्झेर कृतज्ञता जनाएको छ ||  

आफ्नो ब्यापारको साथ साथै नालीडांडा क्षेत्रलाई संधै माया गर्दै सफा अनि सुन्दर बनाउन नालीडांडा ब्यापारी संगठन जुट्ने गर्छ भने बिगत वर्षको दिसम्बर महिनामा क्षेत्र भरि स्ट्रीट लाइट जडान गरेर सर्व साधारणलाई राति हिड्न सजिलो बनाएको थियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.