सुरेल बङलोदेखि लाब्दा बस्तीसम्मको सडकको शिलान्यास संगै हाम्रो घर योजनाको चेक वितरण

surel bunglow to labdah busty road laid foundation stone by sabhasad ratan thapa
Labdah Mungpoo samasty sabhasad mr. Ratan Kr. Thapa today laid foundation stone of 4 km road from Surel Bunglow to labdah busty.
धेरै वर्षदेखि समस्याहरुसित संघर्ष गर्दै आइरहेको लाब्दा मङपू समष्टिको बिकाशहरुदेखि बन्चित रहेको स्थान लाब्दा बस्ती हो | यही ठाउँको ग्रामबासीको मुख्य समस्या भनेको नै सुरेल बङलो देखि लाब्दा बस्तीसम्म पुग्ने पक्की सडक नहुनु हो | जसको कारणले ग्रामबासी आज पर्यान्त भने जस्तो केही गर्ने नसक्ने अवस्थामा पुगेका छन् भने यही दीर्घकालिन समस्यालाई हेरेर सुरेल बङलोदेखि गुरुङ गाउँ लाब्दा बस्तीसम्म पुग्ने पक्की सडकको गत २ मार्चको दिन लाब्दा मङपू समष्टि सभासद रतन कुमार थापाको बाहुलीबाट विधिवत पुजा अर्चना गर्दै शिलान्यास गरिएको छ | गाउँकै वयोवृद्ध अवकासप्राप्त क्याप्टन गोपाल कुमार राईको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रमलाई गोजमुमो लाब्दा बस्ती शाखा सचिव विवेक छेत्री अनि सहसचिव अजय छेत्रीले संचालन गरेका थिए भने रोशन छेत्रीले स्वागत सम्भाषण राखेका थिए | कार्यक्रममा समस्त ग्रामबासी संगै कार्यकारिणी अभियन्ता सुदर्शन शर्मा, एसएइ सुदन, मोर्चा मङपू जोन भुतपूर्व सभापति प्रदीप छेत्री, सचिव रतन लामा, सभापति उर्गेन शेर्पा, उपसभापति लिला बहादुर छेत्री आदि बिशेष रुपले उपस्थित थिए भने यही कार्यक्रमलाई अजय छेत्री, रतन लामा, उर्गेन शेर्पा तथा प्रधान अध्यापक बोरदाङ बस्ती एसएसके शरद राई अनि सभासद रतन कुमार थापाले सम्बोधन गरेका थिए | सम्बोधनको क्रममा सभासद थापाले धेरै वर्षदेखि यस क्षेत्रका मानिसहरुले झेल्न परेको मुख्य समस्या आज आएर समाधान भएको बताउंदै सम्पूर्ण ग्रामबासीलाई बधाई टक्राएका छन् साथै सडक निर्माण कार्य चाडो गरिदिएकोमा सम्पूर्ण ग्रामबासीको पक्षमा कार्यकारिणी अभियन्ता किशोर घिमिरेलाई पनि धन्यबाद टक्राएका छन् | यो सडक निर्माण कार्य चाडो अनि सठीक ढंगमा होस् भन्दै अभियन्ता अनि ठेकेदारहरुलाई पनि अपिल सभासद थापाले गरेका छन् |  सन्दर्भमा बाघगौंडादेखि लाब्दा बस्तीसम्म आउने सडक निर्माण कार्य एजेन्सी ठीक  नभएकोले काममा बिलम्ब हुँदा आफूहरुले पनि समस्या झेल्न परेको कुरा सभासदले उठान गरेका थिए जुन सडक वाइल्ड लाइफ अनि टेरिटोरियल डिभिजन भित्र पर्ने हुँदा पनि निर्माण कार्यमा बिलम्ब साथै बाधा पर्न गएको पनि उनले सबैलाई जनाए | गोर्खा जनमुक्ति मोर्चा प्रमुख बिमल गुरुङ स्वय कर्ममा बिस्वास गर्ने व्यक्ति रहेकोले समग्र गोजमुमो पार्टी नै कर्ममा बिस्वास गर्ने पार्टी रहेको अव्गात गराउंदै  हामी टुक्रिएर फुटिएर होइन एकशुत्रमा बाँधिएर बस्नु पर्छ भनी उपस्थित समुहलाई जनाए | हाम्रो लक्ष्य गोर्खाल्याण्ड हो र जाति फुटाउने पार्टीमा लागेर भूल नगरौं भन्दै २१ अनि ३४ वर्षसम्म शासन गर्ने दलहरुले केही बिकास नगरेको कारण नै आज यी गाउँ बस्तीहरुले दु:ख झेल्नु परेको बताए साथै सबै एकबद्ध भएर गाउँ - बस्तीको बिकाश गर्दै हाम्रो मूल मुद्दा गोर्खाल्याण्ड प्राप्तिको निम्ति संधै तत्पर रहने पनि सबैलाई जनाएका छन् | सयौं वर्षदेखि झेल्न परेको बाटोको समस्या समाधान गरिदिएकोमा अध्यक्ष बिमल गुरुङलाई समस्त ग्रामबासीको पक्षमा उनले कृतज्ञता जनाएका छन् | यही कार्यक्रममा १७ जना मङपू लाब्दा समष्टिका गरीब परिवारहरुलाई हाम्रो घर योजना अन्तर्गत रहेको दोश्रो चरणको अस्सी हजारको चेक क्रमैले सभासद थापा, देविका तामांग, डीआर छेत्री, गोपाल कुमार राई आदिको बाहुलीबाट वितरण गरिएको जानकारी लाब्दा मङपू समष्टि प्रचार प्रसार सचिव बुद्ध कुमार थापाले एक विज्ञप्ति मार्फत जनाएका छन् ||

Labdah Mungpoo samasty sabhasad mr. Ratan Kr. Thapa today laid foundation stone of 4 km road from Surel Bunglow to labdah busty. धेरै वर्षदेखि समस्याहरुसित संघर्ष गर्दै आइरहेको लाब्दा मङपू समष्टिको बिकाशहरुदेखि बन्चित रहेको स्थान लाब्दा बस्ती हो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.