मई दिवसको दिन रक्तदान शिविर संगै निशुल्क स्वास्थ्य जाँच शिविर हुने

Blood donation
आगमी १ मइ २०१६ अर्थात मई दिवसको दिन गुरुजी मंगल प्रभा सेवा समिति मङपूको आयोजनामा यहाँको स्थानीय रङबी विभाग प्राथमिक पाठशालामा मंगल स्मृति दिवसको शुभअवसरमा रक्तदान शिविर साथै बिरामीहरुको निम्ति निशुल्क चिकित्सा जाँच शिविर सम्पन्न हुने भएको छ | बिशेष गरेर समितिले गुरुजी मंगालदासजी अनि माताजी प्रभावती बाइजीले जनहितको निम्ति गरेको मानव कल्याणको सेवा कार्यलाई शिरोपर गरेर यस प्रकारको शिविर आयोजना गरिएको जानकारी छ | समितिले  यस्तो शिविर आगमी दिनहरुमा पनि प्रत्येक वर्ष गर्ने भएको छ | रक्तदान सबै भन्दा श्रेष्ठ दान  भनिन्छ यसैले जनसेवाको निम्ति रक्तदान गर्दै पुण्य कमाउन चाहने सम्पूर्ण जनमानसमा समितिले हार्दिक स्वागत गरेको छ भने "क्तदान जीवन दान" को नारालाई पनि सार्थक बनाउने समितिले अनुरोध  गरेको छ | यसको साथै आफ्नो स्वास्थ्य जँचाउन चाहने बिरामीहरुलाई पनि समितिले आयोजन गरेको निशुल्क चिकित्सा जाँच शिविरमा सहभागी भइ कार्यक्रमको लाभ उठाउने आह्वान गरेको छ ||

आगमी १ मइ २०१६ अर्थात मई दिवसको दिन गुरुजी मंगल प्रभा सेवा समिति मङपूको आयोजनामा यहाँको स्थानीय रङबी विभाग प्राथमिक पाठशालामा मंगल स्मृति दिवसको शुभअवसरमा रक्तदान शिविर साथै बिरामीहरुको निम्ति निशुल्क चिकित्सा जाँच शिविर सम्पन्न हुने भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.