सिन्कोना बगानमा
निर्देशक डा० सामुयल राईको
नियुक्ति भएको आज प्राय: तीन
वर्षपछि फेरि सिन्कोना अथवा
कुइलैनको बोक्रा बिक्री प्रक्रिया
शुरु भएको छ | मङपु सिन्कोना
बगान व्यवस्थापक एनके बराईलीबाट
प्राप्त जानकारी अनुसार सिन्कोना
निर्देशालयबाट जम्मा ८ लाख
केजी सिन्कोनाको बोक्रा बिक्री
गरिएको जानकारी छ जुन बोक्रा
९१.६० रुपियाँ प्रतिकिलोको
दरले बिक्री भएको छ | महाकाल
एक्स्पर्ट सिलिगुडीको ८ लाख
केजी बोक्राको मागलाई पुरा
गर्न पहिलो चरणमा ४ लाख केजी
बोक्रा १५० करोड रुपियाँ मङपु
सिन्कोना निर्देशालयमा भुक्तान
गरेर लागिएको छ भने दोश्रो
चरणमा गत मंगलबारको दिन फेरि
५० लाख रुपियाँ तिरेर बोक्रा
लागेको जानकारी छ | अहिलेसम्म
५० प्रतिशत मात्र माग पुरा
गरिएको छ भने बाँकीको ४ लाख
केजी बोक्रा लाठपन्चर, रोङगो
अनि मन्सोंग सिन्कोना बगानबाट
जम्मा गरेर दिइने भएको छ |
हालमा
निर्देशक राईले विभिन्न प्रकारको
कार्य योजनाहरु तयार गरेर सिन्कोना
बगान बिकाशको निम्ति पहल गरिरहेको
छ जसमा सिन्कोनाको अर्द्ध वार्षिक
कार्यशाला महत्वपूर्ण र प्रसंसनीय
रहेको छ | यस कार्यशालामा
सम्पूर्ण सिन्कोना बगान विभागहरुको
ग्यांगमेनहरुलाई लिएर पुर्वघोषित
छ महिना भित्र तयार गरिएको
कार्य योजनाहरुको फलाफलको
चर्चा गरिन्छ | यसै मुताबिक
बगानमा विभिन्न प्रकारको औषधिमूलक
पौधाहरु जस्तै इपिकेक, डाइसकोरिया,
चिरौटो, टेक्सेसबेकोटा, सर्पगन्ध
साथै अन्य जैविक आय आर्जन
योग्य पौधाहरु मरिच, अलैंची,
अदुवा, औषधिमुलक तथा सुगन्धीत
तेलहरुमा सिट्रोनिला, लेमोनग्रास,पचेउली
साथै सुन्तला, स्ट्रबेरी, किवी,
कफी, याकुन, सब्जी जातीय पौदा,
चेउ आदि पनि लगाइने कार्य भइरहेको
छ भने जीनसिङ अनि केशरको खेती
पनि अहिले घरि एक्स्पेरिमेन्टको
रुपमा लगाइरहेको छ |
सिन्कोना
बगानबाट उत्पादित कतिपय साधारण
उत्पादन फलफूल सब्जी आदिलाई
सोझै बिक्री गर्न व्यवस्थापनले
मङपूदेखि प्राय: १२ किलोमिटर
तल रहेको राष्ट्रीय राजमार्ग
१० को सुन्तलेमा बिक्री केन्द्र
पनि निर्माण गरिरहेको जानकारी
व्यवस्थापक बराइलीले दिएको
छ | |
Post a Comment
We love to hear from you! What's on your mind?