पश्चिम बङ्गाल बिधान सभाको चुनावी बजारमा आज क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) ले पनि आफ्नो उम्मेदवारको निम्ति समर्थन बटुल्न चुनाव प्रचार गर्दै मङपूको विभिन्न क्षेत्रहरुमा पथ सभा गरेको छ | गोर्खाल्याण्डको निम्ति एक पाइला पनि पछि नसर्ने क्रामाकपा पार्टीले आफ्नो स्थापनाकाल १९९० देखि नै बङ्गालको शासक दलको बिरुद्धमा गोर्खाल्याण्ड बाहेको अरु केही नभनेको, नमागेको सर्वविधित नै छ | विगतमा पहाडका विभिन्न पार्टीहरुलाई गोर्खाल्याण्डको निम्ति धेरै पल्ट सहयोग गर्दै आए पनि अन्तमा ती पार्टीहरु बङ्गाल सरकारको षड्यन्त्रको शिकार भएर केवल बिकाशको व्यवस्थाहरुमा मात्र सम्झौता गरेको क्रामाकपाको भनाई छ | यसैले यसपल्ट क्रामाकपाको राजनैतिक इतिहासमा नयाँ पृष्ठ थप्दै पहाडको तिनैवटा समष्टिमा गोर्खाहरुको राष्ट्रीय चिन्हारी अनि राजनैतिक सुरक्षाको निम्ति गोर्खाल्याण्डको मुद्दा लिएर आफ्नो उम्मेदवार खडा गरेको बताइएको छ | आज पथ सभा गर्दै हिडेका क्रामाकपा टोलीका उम्मेदवार स्वय अरुण घतानीले सभालाई सम्बोधन गर्दै खर्सांग समष्टिबाट आजसम्म जम्मा ११ जना विधायकहरु चुनिएर गएको छ जसले भोटको समय जनतालाई विभिन्न आशा, सपनाहरु देखाएर गएपनि चुनाव पछि जनताको निम्ति राम्रो पर्फर्मेन्स नगरेको बताएको छ | बर्तमान २१ शताब्दीको मतदाताहरुले प्रथमत: आफ्नो उम्मेदवारले जनताको निम्ति के कस्तो कामहरु गर्नुपर्ने हो त्यो बुझ्न जरुरी रहेको बताउंदै यसपल्ट क्रामाकपाले जनताको हितको निम्ति २५ शुत्री चुनावी घोषणा पत्र लिएर आएको छ जसलाई प्रत्येक जनताले पढेर, बुझेर मात्र मतदान दिनुपर्ने जनाएको छ | आज भारत देशको विभिन्न भागहरुमा गोर्खाहरु माथि बिदेशीको लान्छना लाग्ने गर्छ, राष्ट्रीयता माथि शंका गरिन्छ भने गोर्खाहरुको निधारमा लागेको यही कलंकलाई मेट्न भारत स्वतन्त्र हुनु पहिले देखि नै संग्रामहरु चलेर आएपनि १९८६ सालमा सशस्त्र आन्दोलन हुँदै एउटा सानो बिकाशको सम्झौतामा गएर अड्कियो जसले २१ वर्षसम्म यहाँ तानाशाही अनि हैकमवादी राजनैतिक परिवेश बनेर गयो जसले बिकाशको साटो हाम्रो मुद्दा नै २१ वर्षसम्म बक्सामा ठण्डा बक्सामा पस्यो त्यसपछि फेरि त्यही भित्रबाट अर्को शक्ति छुट्टै राज्यको माग गर्दै ४४ महिनासम्म आन्दोलन गर्दै १२ वटा त्रिपक्षीय वार्ताहरु गरेर अन्तमा बिकाशको संस्थामा नै सम्झौता गरेको घतानीको आरोप छ | उनले मोर्चा माथि बर्सिन्दै गोर्खाहरुको चिन्हारीको कुरा गर्दै बन्दकी रहेको आमालाई उकास्ने कुरा गरेर देवी, देवराली, मन्दिर, मस्जिदको कसम खाँदै जनतालाई दिएको भरोसा र आश्वासन चाडै भुलेर जीटीएको सम्झौता गरे जुन सम्झौतामा लेखिएको एउटै कुरा पनि कार्यरूपमा ल्याउन नसकेको बताएका छन् | मोर्चाको स्थापनाकालदेखि नै क्रामाकपाले विभिन्न आन्दोलन अनि चुनावहरुमा सघाउ पुराउदै आए पनि जब सरकारको चाप उनीहरुमाथि पर्छ तब मात्र हामीलाई सम्झने, गोर्खाल्याण्डको मुद्दा उठाउनु पर्ने कुनै पनि वार्ताहरुमा नबोलाउने अनि जब सजिलो हुन्छ तब फेरि अल पार्टी च्याप्टर क्लोज भन्छ भन्दै हामीलाई भन्दा बेसी ममता ब्यनर्जीलाई बिस्वास गरेको आरोप उनको छ | उनले टीएमसी उम्मेदवार शान्ता छेत्री माथि बर्सिन्दै उनले १५ बर्ष सम्म गोरामुमोको झण्डा समाएर विधायिका भएपनि उनको कार्यकालमा कुनै पनि गाउँमा बिकाश भएको प्रामाण छैन, बिधान सभामा गोर्खाल्याण्डको मुद्दा उठाएको इतिहास छैन बरु आफ्नै स्वार्थपूर्तिको निम्ति मात्र काम गरेको छ भनेको छ | आज फेरि उनी गोर्खाल्याण्ड विरोधी दलसित मिलेर ममता ब्यनर्जीको पछयौरी समाएर विधायिका हुने कोशिश गर्दैछिन भन्दै यस्तो रंग फेर्दै हिड्ने मौकावादीहरुसित जनता सतर्क रहनु पर्ने सुझाव दिएको छ | उनले पठाएको विधायकहरुको कुरा गर्दै हामीले रेकर्ड तोड भोट दिएर जिताएर पठाएको तीन जना विधायकहरुको हालत पनि साँढे चार वर्ष भित्रनै देख्यौं भने | यसरी नै सिन्कोना बगानलाई पनि जीटीए मा अन्तर्भुक्त गरेर के काम गर्यो भन्दै सिन्कोनाबासीको जमीनको पर्जा पट्टा दिलाउने काम जीटीएले गर्नु पर्ने हो खोइ अहिलेसम्म गरेको, भन्दै यिनीहरुकै हेलचेक्राईले पहाडका ७० प्रतिशत चिया बगान अनि सिन्कोनाबासीहरु घर बिहिन भएर सुकुम्बासी जस्तो भएर बस्नु परेको बताएका छन् | यसैले यसपल्ट परिवर्तनको राजनीति गरौँ भन्दै स्थापनाकाल देखि नै केवल गोर्खाल्याण्डको माग गर्ने क्रामाकपा पार्टीलाई एक मौका दिएर भारी मतले जिताउने अपिल गरे साथै क्रामाकपा चुनाव चिन्हमा अंकित कलमले नै गोर्खाको इतिहास कोर्नुपर्छ भन्दै क्रामाकपाको इमान्दार नेताहरुलाई जिताउन सबै जनता अघि आउने आह्वान गरेको छ | आज पथ सभा गर्दै हिडेको क्रामाकपा टोलीले यहाँको सिम्ले, चौरास्था, लाब्दा विभाग, नालीडांडा, रेशेप विभाग, बिचकमान हुँदै रंजुभेली सम्म पुगेको छ | सभामा गणत्रान्त्रिक क्रान्तिकारी युवा मोर्चा महासचिव एवम खर्सांग समष्टि उम्मेदवार अरुण घतानी संगै भारत छेत्री, रोशन राई, बिन्ध्या गोतामे आदि मुख्य रुपले उपस्थित थिए ||

Post a Comment
We love to hear from you! What's on your mind?