घरेलु ग्यास सब्सिडी समस्यामा मङपू उपभोक्ता कल्याण समितिको पहल

Cooking gas cylinder subsidy
मङपूमा घरेलु ग्यास उपभोक्ताहरुले भोगिरहेको ग्यास सब्सिडी (Gas Subsidy) समस्यालाई लिएर यहाँको मङपू उपभोक्ता कल्याण समिति अघि आएको छ | यो समितिले मङपू क्षेत्रका सम्पूर्ण घरेलु ग्यास उपभोक्ताहरुको ग्यास सम्बन्धि समस्याहरुलाई लिएर समाधान हेतु पहल शुरु गरेको छ |  सरकारले घरेलु ग्यासमा उपभोक्ताहरुलाई सब्सिडी दिने घोषणा गरे पनि यसलाई सही समयमा सही प्रकारले पाउनको साटो उल्टा झमेला बढेको गुनासो छ | यसको साथै ग्यास एजेन्सीहरुले उपभोक्ताहरुकोबाट खाली सिलिन्डर लिंदा अनि भर्ति ग्यास दिंदा कुनै रसिद नदिने गरेकोले सिलिन्डर हराउने अनि अन्य प्रकारको झमेलाहरु बढ्ने गरेको उपभोक्ताहरुको पहिलेदेखिकै गुनासो छ भने गरेलु ग्यास सम्बन्धि यही विविध समस्याहरुलाई समाधान गर्ने उदेश्यमा उपभोक्ताहरुले सही रुपमा र सही समयमा सब्सिडी नपाएको समस्या साथै खाली सिलिन्डर बुझाएपछि प्राप्ति रसिद दिनु पर्ने र भरिएको ग्यास लैजाँदा उपभोक्तावर्गलाई सिलिन्डर बुकिंग क्यास मेमो सहित एजेन्सीले लिएको क्यरिंग चार्जको रसिद आदि दिनुपर्ने माग गर्दै मङपू उपभोक्ता कल्याण समितिले एलपीजी ग्यास मङपूमा ग्यास दिने ग्यास एजेन्सीहरु क्रमैले निलम ग्यास एजेन्सी दार्जीलिंग, गृह लक्ष्मी ग्यास एजेन्सी दार्जीलिंग, अरुणदीप ग्यास एजेन्सी घुम, उपभोक्ता समस्या सम्बन्धी विभाग दार्जीलिंग आदिलाई पत्रचार गरिसकेको जानकारी मङपू उपभोक्ता समिति सचिव सुजित थापाले दिएको छ ||

मङपूमा घरेलु ग्यास उपभोक्ताहरुले भोगिरहेको ग्यास सब्सिडी (Gas Subsidy) समस्यालाई लिएर यहाँको मङपू उपभोक्ता कल्याण समिति अघि आएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.