सिम्ले युनाइटेड बोइज क्लब द्वारा डस्टबीन वितरण

Dustbin logo
स्वस्छ भारत अभियानलाई शिरोपर गर्दै यहाँको मङपू विभागमा पर्ने सिम्ले युनाइटेड बोइज क्लब (Simley United Boys Club) ले विभिन्न शैक्षिक संस्थान अनि विभागीय कार्यलयहरुमा डस्टबीन वितरण गरेको छ | मङपू कुनै नगरपालिका भित्र नरहेको हुँदा मैला कुचेला सफा गर्ने कुनै सरकारी कर्मचारी छैन यसैले यहाँ संघ, संस्था अनि व्यक्ति बिशेषले नै आफ्नो परिसरको वातावरण माथि ध्यान दिनुपर्ने आवश्यकता उजागर गराउंदै हामी आफैले नै आफ्नो परिसर सफा राख्दै नचाहिँदो थोकहरुलाई व्यवस्थित तरिकाले फ्याक्नु पर्ने क्लबले सन्देश छोडेको छ | आज क्लबका सभापति सुजित थापा अनि सचिव भानु थापाको नेतृत्वमा मङपू विभागमा पर्ने गन्ती घरलाई ग्याङमेन हरिप्रसाद राईको हातमा एकवटा डस्टबीन सुम्पे, शारदा विधालयको निम्ति प्रधान अध्यापक प्रकाशचन्द्र राईको हातमा सुम्पे भने यसरी नै यहाँको सन्त जोसेफ स्कूल, सिद्धार्थ मेमोरियल नर्सरी स्कूल, ग्रीन माउन्टेन अंग्रेजी स्कूल, मङपू विभागीय प्राथमिक पाठशाला, सिम्ले दश नम्बरको एसएसके, सिम्ले धुरा प्राथमिक पाठशाला अनि राजमान धुराको एसएसकेहरुलाई पनि क्लबको पक्षबाट एकएक वटा डस्टबीन वितरण गर्दै मङपूको स्वस्छ वातावरणलाई अझ स्वस्छ बनाएर लाने सबैलाई अपिल गरेको छ ||

स्वस्छ भारत अभियानलाई शिरोपर गर्दै यहाँको मङपू विभागमा पर्ने सिम्ले युनाइटेड बोइज क्लब (Simley United Boys Club) ले विभिन्न शैक्षिक संस्थान अनि विभागीय कार्यलयहरुमा डस्टबीन वितरण गरेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.