मङपू लाठ समष्टि गोरामुमोको सभा साथै चुनाव कमिटि गठन

GNLF Flag
धेरै दिनदेखि मङपूमा चुपचाप बसेको गोरामुमो पार्टीले आज रेशेप बजार प्राथमिक पाठशालामा मङपू लाठपन्चर समष्टिको महत्वपूर्ण सभा समष्टिका सभापति कैलाश पाख्रीनको सभापतित्वमा सम्पन्न गरेको छ | खरसाङ ब्रान्च कमिटि सदश्य अनुप गुरुङले संचालन गरेको सभामा   गोरामुमो मङपू लाठ समष्टि सांगठानिक सचिव मिलन शेर्पाले स्वागत भाषण राखेका थिए | बिधान सभा चुनावलाई केन्द्र गरेर राखिएको सभामा गोरामुमो खरसाङ ब्रान्चका भारप्राप्त सदश्य अशोक थापाले आफ्नो सम्बोधनमा सुबास घिसिंगको दुरदर्शिता एवम जातिप्रतिको माया साथै उनको अँधुरो सपनालाई पुरा गर्ने लक्ष्य संधै छातीमा बोकेर हिंड्नु पर्ने बताउंदै हरियो झण्डामा सत्यता रहेको कारणले नै आजसम्म आफ्नो लक्ष्य लिएर अघि बडीरहेको बताए | सम्बोधन कै क्रममा खरसाङ ब्रान्च कमिटि उपाध्यक्ष आनन्द राईले दार्जीलिंगको भू - भाग  लिजहोल्डल्याण्ड र नोम्यान्सल्याण्डको विवादमा फंसेको कारण भविष्यमा गोर्खाल्याण्ड हुननसक्ने बुझेपछि नै सुबास घिसिंगले पहाड अनि गोर्खाहरुको उन्मुक्तिको निम्ति छैटौं अनुसुचिको माग गरेका थिए जो बिधान सभामा पारित गराइ संसदसम्म पुराएका थिए जो आज सम्म पेिन्डङमा नै रहेको बताए |   जीटीए थापेको यत्रो वर्षसम्म केही नगरेको बताउंदै जीटीएले केवल नेता र ठेकेदारहरुको निम्ति  मात्र बिकाश गरेर साधारण जनताको केही बिकाश नभएको बताए | उनले अझ बताए अनुसार मङपूको कतिपय नेताहरुले आफ्नो स्वार्थ मात्र हेरेर पार्टी फेर्ने काम गरेको छ जसलाई अबउसो जनताले बिस्वास नगर्ने र त्यस्ता नेताहरुदेखि होसियार बस्ने आह्वान गरेका छन् | यसरी नै खरसाङ ब्रान्च कमिटिका प्रचार प्रसार सचिव दया देवानले बताए अनुसार राज्यको टीएमसी पार्टीले गोरामुमोको समर्थन मागेको हुँदा केन्द्रीय समितिले जुन निर्णय लियो त्यसैलाई शिरोपर गर्दै यसपालीको बिधान सभा खरसाङ महकुमाबाट टीएमसीको उम्मेदवार शान्ता छेत्रीलाई भारी मत खसालेर जिताउने अपिल गरेका छन् | आजको सभामा मङपू युनिट सचिव आनन्द राई, शेल्पूबाट रविन सर, गोरानासबाट सरिता तामांग,प्रेरणा राई, सिक्सिन भिलेज चीफ बीबी राई, एचपीडब्ल्युयुबाट दीपकर राई, दिलिप राई आदिले पनि सभालाई सम्बोधन गरेका थिए | यही सभामा समष्टिको चुनाव कमिटि पनि गठन गरिएको छ जसमा सभापति जस ब० राई, उपसभापति सुरेन तामांग, सचिव मिलन शेर्पा, उपसचिव निर्मल तामांग लगायत २२ जनालाई कार्यकारिणी सदश्य - सदश्याको रुपमा चयन गरिएको छ ||

धेरै दिनदेखि मङपूमा चुपचाप बसेको गोरामुमो पार्टीले आज रेशेप बजार प्राथमिक पाठशालामा मङपू लाठपन्चर समष्टिको महत्वपूर्ण सभा समष्टिका सभापति कैलाश पाख्रीनको सभापतित्वमा सम्पन्न गरेको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.