रङजुभेल्लीमा मोर्चाको चुनावी सभा, १० परिवार टीएमसी समर्थक मोर्चामा सामेल

Vote for Dr Rohit Sharma
मङपू-लाब्दा समष्टि अन्तर्गत रङजुभेल्ली विभागमा आज गोरखा जनमुक्ति मोर्चाको एक चुनावी सभा सम्पन्न भयो । यसै चुनावी जनसभा बिच केही महीना अघि गोजमुमो छोड़ी तृणमूल कंग्रेसमा सामेल भएका १० परिवार समर्थकहरू पुनः गोरखा जनमुक्ति मोर्चामा सामेल भएका छन् । गोजमुमो पार्टीको महत्व बुझेर पुन: सामेल हुन आएका नयाँ समर्थकहरूलाई सभासद् थापाले गोजमुमोको झण्डा प्रदान गरी गोजमुमोमा स्वागत जनाएका छन् |

सभालाई सम्बोधन गर्ने क्रममा सभासद् रतन कुमार थापा लगायत अन्य वक्ताहरूले गोरखाहरूलाई जात-जातमा विभाजन गर्ने षड़यन्त्रलाई निष्फल पार्न अनि गोरखाल्याण्डको मुद्दालाई सशक्त तुल्याउनको निम्ति पनि यसपल्टको बिधान सभामा गोजमुमो प्रार्थी डा० रोहित शर्मालाई सबैले एकजुट भई बहुमतले विजयी तुल्याउनुपर्ने अपील गरे । गोरखाहरूको हितमा अनि गोरखाल्याण्डको पक्षमा पहाडमा गोजमुमो पार्टी मात्र रहेको कारणले गर्दा आपसी मनमुटाव अनि मतभेदहरू भुलेर पनि गोजमुमो प्रार्थीलाई भोट दिएर विजयी तुल्याउनुपर्ने वक्ताहरूले अपील गरेका छन् । उक्त चुनावी सभामा क्षेत्रीय सभासद् रतन कुमार थापा लगायत गोजमुमो मङपू - लाब्दा समष्टि अध्यक्ष उर्गेन शेर्पा, सचिव रतन लामा, युवा मोर्चा अध्यक्ष विकास गुरूङ, सचिव विज्ञान मिश्र, डीटीपीएलयु सिन्कोना विभागका मङपू जोनल सचिव किशन बुड़ाथोकी लगायत अन्यान्य उपस्थित रहेका थिए ।

मङपू-लाब्दा समष्टि अन्तर्गत रङजुभेल्ली विभागमा आज गोरखा जनमुक्ति मोर्चाको एक चुनावी सभा सम्पन्न भयो । यसै चुनावी जनसभा बिच केही महीना अघि गोजमुमो छोड़ी तृणमूल कंग्रेसमा सामेल भएका १० परिवार समर्थकहरू पुनः गोरखा जनमुक्ति मोर्चामा सामेल भएका छन् ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.