मङपूमा पनि गोरामुमोको स्थापना दिवस पालन

GNLF 36th Foundation day in Mungpoo
आज गोर्खा राष्ट्रीय मुक्ति मोर्चा (गोरामुमो) पार्टीको स्थापना दिवस (GNLF Foundation Day) को अवसरमा यहाँ मङपूमा पनि गोरामुमो समर्थकहरुले स्थापना दिवस पालन गरेको छ | गोरामुमोको स्थानीय पार्टी कार्यलयमा मङपू लाठपन्चर समष्टि सभापति कैलाश पाख्रिनको अध्यक्षतामा औपचारिक रुपमा पार्टीको ३६ औं स्थापना दिवस पालन गरिएको छ | कार्यक्रममा पूर्व सांसद एवम गोरामुमो केन्द्रीय समिति प्रवक्ता एनबी छेत्रीको पनि बिशेष उपस्थिति रहेको थियो | गोरामुमो पार्टीको संस्थापक अध्यक्ष स्व० सुबास घिसिंगको तस्वीरमा कार्यक्रम अध्यक्ष कैलाश पाख्रीन अनि प्रबक्ता एनबी छेत्री द्वारा खदा अर्पण साथै धूप जलन गरेर शुरु गरिएको कार्यक्रममा प्रबक्ता छेत्रीले आजको दिनमा हाम्रो सुप्रिमो स्व० सुबास घिसिंगले कसरी संसार भरि छरिएर बसेका समस्त गोर्खाहरुको सुरक्षाको निम्ति दार्जीलिंग पहाडमा गोरामुमो पार्टी गठन गर्दै गोर्खाहरुको पनि सुरक्षा अनि चिन्हारीको निम्ति छुट्टै राज्य हुनुपर्ने आवश्यकता बोध गराएर "गोर्खाल्याण्ड" शब्दलाई सर्वसाधारण समक्ष उजागर गरेका थिए,  त्यो दिन थियो ५ अप्रेल १९८० र यसैदिनलाई गोरामुमो पार्टीले हरेक वर्ष स्थापना दिवसको रुपमा पालन गर्छ भन्ने कुराको जानकारी गराए | सम्बोधनको क्रममा प्रवक्ता छेत्रीले अहिले घरि चर्चामा आइरहेको ११ जातका गोर्खाहरुले जनजातिको दर्जा पाउने कुरामा बोल्दै यो मुद्दा केवल चुनावको समयमा खेलिने खेल मात्र हो चुनाव पछि आफै सेलाएर जानेछ भनेका छन् | यही कार्यक्रममा चुनावको कुराहरु साथै सिन्कोना अनि संग्लग्न बस्तिहरुको विषयमा पनि साधारण चर्चाहरु भएको थियो |
आजको कार्यक्रममा एनबी छेत्री प्रवक्ता केन्द्रीय समिति, अनुप गुरुङ कार्यकारिणी सदस्य खरसाङ ब्रान्च कमिटि, दिलिप राई संयोजक एचपीडब्ल्युयु खरसाङ ब्रान्च, चमन प्रधान सदस्य एचपीडब्लुयु खरसाङ ब्रान्च, मिलन शेर्पा सांगठानिक सचिव मङपू शाखा, दीपकर राई सचिव एचपीडब्लुयु मङपू शाखा, आरबी प्रधान भिलेज चिफ रेशेप विभाग, अल्बर्ड तामांग भिलेज चिफ आदर्श ग्राम ७४ धुरा अनि अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ||

आज गोर्खा राष्ट्रीय मुक्ति मोर्चा (गोरामुमो) पार्टीको स्थापना दिवस (GNLF Foundation Day) को अवसरमा यहाँ मङपूमा पनि गोरामुमो समर्थकहरुले स्थापना दिवस पालन गरेको छ |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.