लाब्दा शाखामा मोर्चाको चुनाव प्रचार सभा

Gorkha Janmukti Morcha banner
आउँदो बिधान सभा चुनावलाई केन्द्र गर्दै आज गोर्खा जनमुक्ति मोर्चा लाब्दा शाखाले चुनाव प्रचार सभा शाखाकै सभापति देबेन्द्र राईको सभापतित्वमा लाब्दा विभाग स्थित ग्राम सेवक जन मैदानमा सम्पन्न गरेको छ | मोर्चा लाब्दा शाखा सचिव दिपेन योन्जनले संचालन गरेको सभामा  बीबी प्रधानको स्वागत सम्भाषण रहेको थियो | मोर्चा लाब्दा शाखाले आयोजन गरेको चुनावी सभामा लाब्दा मङपू समष्टि सभासद रतन थापाको बिशेष उपस्थिति साथै प्रमुख वक्ताको रुपमा उपस्थित रहेका थिए | सम्बोधनको क्रममा बक्ताहरुले मोर्चाको यसपल्टको उम्मेदवार डा० रोहित शर्मा एक इमान्दार अनि सच्चा गोर्खा नेता भन्दै गोर्खाहरु माथि बङ्गाल सरकारले अत्यचार अनि षड्यन्त्र गरिरहेको समय मोर्चा अध्यक्ष बिमल गुरुङले एक राजनैतिक कदमको रुपमा सरकारलाई बिरोध जनाउन तिनैजना विधायकहरुलाई राजिनामा दिने निर्देश गर्दा पद भोगी डा० हर्कबहादुर छेत्रीले पार्टी छोडेर पनि पद नछोड्ने निर्णय लिए, त्रिलोक देवानले पार्टी अनि पद दुवै छोडे, केवल डा० रोहित शर्माले मात्र जातीको निम्ति आफ्नो पद समेत छोडेर "वी वान्ट गोर्खाल्याण्ड" लेखेको टीसर्ट लगाएर संसदबाट वी वान्ट गोर्खाल्याण्डको नारा लगाउंदै बाहिर निस्केका थिए | यसैले उनी गोर्खाहरुको निम्ति एक कर्तब्यनिष्ठ अनि इमान्दार नेता रहेको हुँदा यो पल्ट पनि उनलाई उम्मेदवारको रुपमा पाउनु हाम्रो सौभाग्य हो भन्दै सबैले भारी मत दिएर फेरि पनि जिताउदै बङ्गाल सरकारलाई गोर्खाल्याण्ड पन्थीहरुको समुह यत्रो छ भनी देखाउनु पर्ने बताएका छन् | शाखामा प्राय: सबै नै विपक्षी दलकाहरु मोर्चामा आइसकेको हुँदा जीत मोर्चाको निश्चित रहेपनि बाहिरतिर काम गर्न गएका सबै आफन्तहरुलाई बोलाएर पनि शत प्रतिशत मतदान डा० रोहित शर्माको नाममा दिएर जिताउने सबैलाई आह्वान गरेका छन् | जात - जातको बोर्ड गठन गरेर गोर्खाहरुलाई विभाजित गर्दै टीएमसी सरकारले सानो निलो घर दिएर जनतालाई भुलाउने कोशिश गरेको बताउंदै हाम्रो जनता सचेत भएर आफ्नो लागी मात्र नसोंचेर आफ्नो भावी सन्तानको पनि भविष्य सोंचेर, पाएको सहुलियत लिएर भोट चैं मोर्चाकै उम्मेदवारलाई दिने अनि केवल अध्यक्ष गुरुङले मात्र गोर्खाहरुको भविष्य निर्धारण गर्न सक्ने बक्ताहरुले बताएका छन् | सम्बोधनको क्रममा सभासद थापाले पहिलेको शासक दलको कुरा गर्दै २१ वर्षमा पनि मङपूको कुइलेन बगानलाई एक छिटिक नहेरेको उल्टा बगानलाई नै प्राइवेट कम्पनी समक्ष बन्दकी राख्न आँटेको बताए | मोर्चा सठीक समयमा आएर मात्र बगान प्राइवेट कम्पनीको हुँनदेखि बाँचेको बताउंदै सिन्कोनाको भविष्य सोंचेर अनि गोर्खाहरुको मूल मुद्दा गोर्खाल्याण्डलाई सोंचेर हरेक जनसाधारणले मोर्चा प्रार्थी डा० रोहित शर्मालाई भारी भोटले जिताउने अपिल गरेका छन् | मोर्चा लाब्दा शाखाको चुनाव प्रचार सभामा मोर्चा अनि युनियनका शिर्षस्थ नेतृत्व क्रमैले प्रदीप छेत्री, उर्गेन शेर्पा, रतन लामा, किरण थापा, गगन राई, बिकाश गुरुङ, बिज्ञेन मिश्र, किशन बुडाथोकी, राम पोख्रेल, जेबी राई, भुपाल मोक्तान, कमल थापा, सिठू मोक्तान, उदय पाख्रीन आदि उपस्थित थिए भने सिठू मोक्तान, बिकाश गुरुङ, राम पोख्रेल, गगन राई, रतन लामा आदिले पनि सभालाई सम्बोधन गर्दै दुई कुरा राखेका थिए जसमा सभापति देबेन्द्र राईको धन्यबाद ज्ञापनले सभा अन्त भएको थियो ||

आउँदो बिधान सभा चुनावलाई केन्द्र गर्दै आज गोर्खा जनमुक्ति मोर्चा लाब्दा शाखाले चुनाव प्रचार सभा शाखाकै सभापति देबेन्द्र राईको सभापतित्वमा लाब्दा विभाग स्थित ग्राम सेवक जन मैदानमा सम्पन्न गरेको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.