दार्जीलिंग
पहाडको अन्य क्षेत्रहरुमा
झैं मङपूमा पनि पिउने पानीको
समस्याले बिकट रुप लिएको छ
| बजार क्षेत्रको निम्ति रम्बी
खोला एकमात्र पिउने पानीको
श्रोत हो यसबाट पनि पानी अनियमित
हुँदा मानिसहरु पिउने पानी
संगै टोइलेट - बाथरुम जान पनि
समस्यामा परेको छ | यसरी नै गाउँ
घरतिर यतिका वर्षसम्म मनग्गे
पुगिरहेको पानीको श्रोतहरु
आकाशबाट पानी पर्नको साटो लगातार
टनटालापुर घाम लागेको कारण
मुहानहरु सुक्न थालेकोले जनमानस
चिन्तित छन् | यहाँको प्राय:
जसो क्षेत्रहरुमा मानिसहरु
तिरतिरे पानीमा घण्टौ लगाएर
पानी भरेर ओसार्दै समस्यासित
जुझिरहेको छ | यसको साथै आकाशबाट
पर्याप्त पानी पर्न नसकेकोले
स्थानीय कृषकहरु पनि आफ्नो
बारीमा लगाइएको साग, सब्जी
बोट बिरुवाहरुको अवस्था देखेर
सुर्ता गर्न थालेका छन् | तैपनि
बिहिबार साँझ एकक्षण परेको
पानीले केही आशा पलाएको छ | यो
वर्षको पानीको बिकट समस्या
विचार्दा यदि पानीको मुहानहरु
अहिलेदेखि नै संरक्षण नगरे
आउँदो केही वर्षभित्रमै मङपूमा
पनि पिउने पानी गाडीमा ओसार्दै
किनेर खानु पर्ने अवस्था आइपर्ने
छाँट देखिएको छ | यसरी पानीको
समस्या हुनु, मुहान सुक्नको
कारण मानिसहरुले केही वर्ष
अघि आएको भुँइचालोलाई माने
पनि बिशेष गरेर स्थानीयहरु
मानिसहरु नै पिउने पानीको श्रोत
अनि यसको समस्या प्रति सचेत
नहुनुको कारण साथ साथै मङपू
क्षेत्रको सबै सिन्कोना विभागहरुमा
बिभागले पानीको मुहानतिर दाउराको
निम्ति जताततै रुखहरु काट्नु
दिनु पनि पानीको श्रोत सुक्नको
कारण मान्न सकिन्छ | यसैले भविष्यमा
आइपर्ने पानीको समस्यालाई
सोंचेर विभागीय पक्षबाट पनि
यस्ता पानीको मुहानतिर जथाभावी
रुखपात काट्नुमा कडा प्रतिबन्ध
लगाइनु पर्ने आवश्यकता देखिएको
छ | यसको साथै पिउने पानीको समस्या
विषयमा सम्पूर्ण जनता पनि सचेत
बनेर पिउने पानीको संरक्षण
गर्दै मुहानतिर रुख पात रोप्ने,
हरियाली बनाउने, पिउन योग्य
खोला - खोल्सातिर आफ्नो घरको
टोइलेटको पाइप नलगाउने जस्ता
सतर्कता अपनाउन पर्ने नितान्त
आवश्यक समय आएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?