सिन्कोना लाब्दा विभागमा ग्याङमेन संगै दुई कर्मचारीहरुलाई विदाई

Farewell to laabdah cinchona gangman
मङपू सिन्कोना बगान अधिनस्थ लाब्दा विभागमा ग्याङमेन मदन कुमार थापा संगै दुई कर्मचारीहरुलाई विदाई दिइएको छ | ग्याङमेन मदन कुमार थापा बिगत वर्षको १ जुलाईदेखि सिन्कोनाको रेशेप विभागबाट लाब्दामा कार्य स्थान्तरण भएर आएका थिए भने प्राय: ११ महिना जति यस बगानमा ग्याङमेनको कार्यभार सम्हालेर बसेका थिए जो हालमा आफ्नो कार्यकाल समाप्त भए वापद उनले बगानबाट अवकास प्राप्त गरेको छ | छोटो अवधिमै भए पनि उनले लाब्दा सिन्कोना बगानको कार्यप्रणालीमा धेरै सुधार ल्याएको बर्तमान ग्याङमेन इन्चार्ज अनि चप्रासीहरुको भनाई छ | यसैले उनको बगान प्रतिको योगदानलाई कदर गर्दै लाब्दा विभागीय विदाई समारोह समितिले उनलाई खादा माला अनि उपहारहरु दिएर आउँदो जीवनको शुभकामनाहरु सित विदाई दिएको छ | बर्तमान ग्याङमेन इन्चार्ज मदन राईको सभापतित्वमा समपन्न विदाई कार्यक्रममा ग्याङमेन संगै अन्य दुईजना कर्मचारीहरु पुष्पलता मुखिया अनि धिरेन तामांगलाई पनि विदाई दिएको छ | पुष्पलता मुखियाले आफ्नो कार्यकालबाट अवकाश प्राप्त गरेका थिए भने धिरेन तामांगले आफ्नो शाररिक अस्वस्थ्यताको कारण बगानबाट अवकाश लिएका थिए | विदाई कार्यक्रममा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन महासचिव गगन राई, युनियन मङपू जोनबाट किशन बुडाथोकी, सुरेन राई, लाब्दा शाखा युनियनबाट राजेश तामांग आदि अतिथिको रुपमा उपस्थित थिए भने लोकमणि शर्मा द्वारा संचालित कार्यक्रमलाई गगन राई, ग्याङमेन इन्चार्ज मदन राई, इन्द्र बहादुर मोहोरा, हिर्देन खड्का आदिले पनि आफ्नो सारगर्भित वक्तब्यले सम्बोधन गरेका थिए ||

मङपू सिन्कोना बगान अधिनस्थ लाब्दा विभागमा ग्याङमेन मदन कुमार थापा संगै दुई कर्मचारीहरुलाई विदाई दिइएको छ | ग्याङमेन मदन कुमार थापा बिगत वर्षको १ जुलाईदेखि सिन्कोनाको रेशेप विभागबाट

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.