मङ्पु साहित्य संस्थानद्वारा संचालित निकुञ्जीका साहित्य श्रृंखलाको - २५औं प्रकरण स्थानीय रेशेप ग्राम पञ्चायत भवन, मङ्पुमा आज सम्पन्न भयो I कार्यक्रमको शुरुमा साहित्यकार विकास गोतामे (Bikash Gotamay) का धर्मपत्नी श्रीमती विन्ध्या गोतामेको बहुलीबाट तस्वीरमा माल्यार्पण एवं दीप प्रज्वलन गरियो साथै कविको तस्वीरमा उपस्थितवर्गबाट श्रद्धाञ्जलि अर्पण गरियो I प्रचार-प्रसार सचिव सुजित थापाले स्वागत सम्भाषण राखेपछि कवि विकास गोतामेसित रहेको रोचक संस्मरण तथा घटना एवं सामाजिक-साहित्यिक साथै राजनैतिक योगदानलाई सम्झना गर्दै लोकार्पण हुन लागेको शरणार्थी र सय घामहरु अनि एक जुनी अक्षरका कृतिकार सुरेन्द्र थींङले सारगर्वित सम्भाषण राखे I यस कार्यक्रममा कवि गोतामेका कविताहरुलाई उनकै सुपुत्री श्रीमती बानिरा गोतामे अनि सुजित थापाले खूबै रोचक ढंगमा प्रस्तुत गरे I साहित्य सर्जक क्रमशः सानु भट्टराई, किरण किराठ, सुभद्रा बम्जन, आशिषदीप राई, डी पी चामलिङ, नन्द लामिछाने अनि दीप थापाले खूबै घत लाग्दा अनि जोशिला कथा, कविता–रुबाईहरु पठन गरे I आजको श्रृंखलाको महत्वलाई प्रकाश पर्दै श्रीमती विन्ध्या गोतामेले साहित्य संस्थानका उपरोक्त सर्जकहरु लगायत कवि प्रमिला मुखिया, सरोजा बान्तावा, पुस्कर सिङ्गर, मिलन शेर्पा लगायत उपस्थित शुभचिन्तक् गगन राई, प्रसाद पाण्डे सम्पूर्णमा सादर धन्यवाद दिए I धन्यवाद कार्यक्रम संस्थानबाट श्री सानु भट्टराईद्वारा गरिएपछि आजका सभापति नन्द लामिछानेले रुबाई वाचन सहित सभा समापन गरे I
विकास गोतामेको पुण्य तिथि
28Jun2016
Post a Comment