रेशेप विभागमा सिजनल लेबर युनियन गठन

Cinchona Plantation
यस वर्षको फरवरी महिनादेखि मङपू सिन्कोना बगानमा धेरै वर्षदेखि थाँतीमा रहेको बदला कामहरु १० दिने सिजनल लेबरको रुपमा हरेक सिन्कोना विभागमा लगाइरहेको छ | यी सिजनल लेबरहरुले बर्तमानमा भोग्दै गरेको कतिपय समस्याहरुलाई समाधान गर्न साथै भविष्यमा सिजनल लेबरको हक र अधिकारको निम्ति आवाज उठाउन यहाँको रेशेप सिन्कोना विभागका सिजनल लेबरहरुले एउटा समिति सिजनल लेबर युनियन सिन्कोना बगान गठन गरेको छ | बिशेष रुपले सिन्कोना बगानमा मजदुर काम बाजेपछि बाउ – आमा अनि उनीहरुपछि छोरा – बुहारी आदिले पाउने जुन वर्षौंदेखि चलिआएको प्रथा छ यसै अनुरुप आजका सिजनल लेबरहरु आएका हुन् | यी लेबरहरु भविष्यमा स्थायी हुने समय धेरै प्रकारको समस्याहरु झेल्न पर्ने हुनाले त्यस समस्या समाधानार्थ पनि यो समिति गठन गरिएको जानकारी छ | सभामा चुनाव अधिकारी सिजनल लेबर चन्दन खवासको बिशेष देखरेखमा निम्नलिखित पदाधिकारीहरु चयन गरिएको छ जसमा सभापति उज्ज्वल खवास, सह सभापति सुष्मा राई, आनन्द शर्मा, सचिव बिश्व बोम्जन, सह सचिव अशित तामांग, कमला गुरुङ, कोषाध्यक्ष खगेन्द्र लामिछाने, प्रचार प्रसार कर्ता चन्दन खवास, लेखापरिक्षक सुनिल लकान्द्री, सुदेश छेत्री, रश्मी तामांग, प्रमुख सलाहकार भारती गुरुङ, भुपेन लामिछाने अनि थोनी राईलाई चयन गरिएको छ ||

यस वर्षको फरवरी महिनादेखि मङपू सिन्कोना बगानमा धेरै वर्षदेखि थाँतीमा रहेको बदला कामहरु १० दिने सिजनल लेबरको रुपमा हरेक सिन्कोना विभागमा लगाइरहेको छ |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.