राष्ट्रीय चिन्हारीको मुद्दा बिथोल्ने प्रयासलाई प्रतिवाद गर्छौ – गोजयुमो मङपू लाब्दा समष्टि

Gorkha Janmukti Yuwa Morcha Mungpoo
गोरामुमो केन्द्रीय प्रवक्ता एनबी छेत्रीले कलकताबाट हामीलाई गोर्खाल्याण्ड चाहिंदैन भनेर दिएको बक्तब्यले गोर्खाहरुलाई घाट लाग्नु स्वाभाविक हो | जसको भर्त्सना हामी पनि गर्छौ | फेरि कलकताबाट फर्केपछि दार्जीलिंग पसेर गोर्खाल्याण्डको बोट र जरा हामीसितै छ भनेका छन् | यसरी स्थान अनि अवस्था अनुसार भाका फेर्ने नेताको पछि नलागेकै राम्रो | सुवास घिसिंङले गोर्खाल्याण्ड नफल्ने बन तरुल भनेर गए, एनबी छेत्रीले गोर्खाल्याण्डलाई रुख बनाए, कसैले गोर्खाल्याण्डलाई तरुल बनाउँछ भने कसैले रुख | यसरी नै एकदिन यस्तो पनि आऊला कि यिनीहरुले टाउको, जीउ, खुट्टा हामीसितै छ पुच्छर मात्र तिनीहरुसित छ भनेर गोर्खाल्याण्डलाई बाँदर बनाउन पनि बेर छैन | राष्ट्रीय मूलधारामा समावेश हुनलाई गरिरहेको संघर्षमय क्षणमा यस्तो बक्तब्यले कस्तो असर पर्छ भन्ने कुरासम्म नसोंच्ने एक गोर्खालाई माटोको कति माया छ यहींबाट छर्लंग हुन्छ | आफ्नो अस्तित्व र चिन्हारीको युद्ध लडिरहेको समयमा आन्दोलनलाई बिथोल्ने बक्तब्य दिनेको दोष छ कि यस्तो आपत्तिजनक बक्तब्यको घोर प्रतिवाद जनाउने गोर्खा सन्तानको ? माफी कसले माग्नु पर्ने हो ? एउटा प्रश्न चिन्ह छ | राष्ट्रीय मुद्दाको सन्दर्भमा यस्तो आपत्तिजनक बयान दिने नेताको आफ्नो आंचलिक राजनैतिक छबि कति धमिलो छ त्यसको उदाहरण आजसम्म उ एक्लै कुदेर पहिलो पहिलो भइरहेको छ अर्थात तृणमूल स्तरमा उसको उचाई उसको शारीरिक उचाई भन्दा धेरै मुनि छ | यस्तो बयानमा प्रतिवाद नजनाएर उसलाई खदा माला गर्नु पर्ने हो ? उसको पक्षमा बोल्नेहरूले सोंच्नुपर्ने सुझाव गोर्खा जनमुक्ति युवा मोर्चा मङपू लाब्दा समष्टिले एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ||

गोरामुमो केन्द्रीय प्रवक्ता एनबी छेत्रीले कलकताबाट हामीलाई गोर्खाल्याण्ड चाहिंदैन भनेर दिएको बक्तब्यले गोर्खाहरुलाई घाट लाग्नु स्वाभाविक हो | जसको भर्त्सना हामी पनि गर्छौ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.