सामाजिक सेवा संस्था भानुटोल द्वारा वृक्ष रोपन

Samajik Sewa Sanstha Bhanu Tole
सिन्कोना अनि अन्य औषधीय पौधाहरु, मङपू निर्देशालयको बिसिष्ट कार्यक्रम अन्तर्गत रेशेप विभाग क्षेत्रको बन जंगल संरक्षण अनुरुप स्थानीय गैर सरकारी संस्था “सामाजिक सेवा संस्था” को बिशेष सहभागितामा ब्लक नम्बर १६ शंकेटारको १.५ ऐकर जमीनमा विभिन्न प्रजातिका रुखहरु जस्तै उतिस, पानीसांस, बगेना आदिका बिरुवाहरु रोप्ने कार्य भयो | कार्यक्रममा सिन्कोना निर्देशालयले बिरुवा, खुट्टी आदिको व्यवस्था मिलाइदिएका थिए | यस वृक्ष रोपन कार्यक्रममा क्षेत्रीय पार्टी गोजमुमो मङपू लाब्दा समष्टि सभापति उर्गेन शेर्पा, सचिव रतन लामा, युवा मोर्चा सभापति बिकाश गुरुङ, मोर्चा केन्द्रीय समिति सदश्य मिरेन लामा, रेशेप विभाग ग्याङमेन सन्तोस प्रधान, प्रमुख चौकीदार सतिश तामांग, चप्रासी अरुण लामा, बिक्रम तामांग र सहायक चौकीदार रत्न बहादुर खवास, अरुण छेत्री आदिको पनि बिशेष सहभागिता रहेको थियो भने विभागीय ग्याङमेन, चप्रासी अनि चौकीदारको निर्देशनमा संस्थाका ५० जना युवा साथै गाउँका ३० जना सचेत ग्रामबासीहरु द्वारा आजको वृक्ष रोपन कार्य भएको थियो | बिहान ८ बजेदेखि शरु गरिएको कार्यक्रममा संस्थाका युवाहरुले आजको आवश्यकता अनुसार बन संरक्षण, वृक्ष रोपन र पर्यावरण जगेरा गर्ने साथै आफ्नै घर गाउँमा असामाजिक क्रियाकालापह्रुदेखी टाडा रहने संदेश दिएको जानकारी संस्थाका सभापति प्रवेश खवासले दिएको छ ||

सिन्कोना अनि अन्य औषधीय पौधाहरु, मङपू निर्देशालयको बिसिष्ट कार्यक्रम अन्तर्गत रेशेप विभाग क्षेत्रको बन जंगल संरक्षण अनुरुप स्थानीय गैर सरकारी संस्था “सामाजिक सेवा संस्था” को बिशेष सहभागितामा ब्लक नम्बर १६ शंकेटारको

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.