मङपू पुलिस आउटपोस्ट द्वारा अन्तराष्ट्रीय नशा विरोध दिवस रयाली

International Day Against Drug Abuse and Illicit Trafficking
रङली रङलियट थाना अन्तर्गत पर्ने यहाँको मङपू पुलिस आउट पोस्टले आज अन्तराष्ट्रीय नशा विरोध दिवस ( International Day Against Drug Abuse and Illicit Trafficking) को अवसरमा एउटा सचेतना रयालीको आयोजन गर्दै जनमानसमा नशा अर्थात मादक पदार्थको सेवनबाट व्यक्ति, घर, समाज अनि देशलाई पर्ने नकारात्मक प्रभाव बारे सन्देश छोडेको छ | बर्तमान देश भरि नै नशालु पदार्थको सेवनले युवा – युवतीहरु पथभ्रष्ट भएको समय यसरी सचेतना मुलक रयालीको आयोजन गरेर स्थानीयबासीहरुलाई नशालु पदार्थ सेवन गर्न अनि भित्राउनदेखि लाखेस गरेको छ | मङपू आउट पोस्ट प्रभारी एम हुसैनको नेतृत्वमा यहाँको निर्मला चौकदेखि शुरु गरिएको रयालीले यहाँको बस स्ट्याण्ड, नालीडांडा, दार्जीलिंग फाटक, मङपू कोर्ट हुँदै रेशेप बजारसम्म परिक्रमा गरेर फेरि पहिलेको स्थानमा आएर समाप्त भएको थियो | कार्यक्रममा आउट पोस्टका सम्पूर्ण पुलिसकर्मी लगायत स्थानीय बासिन्दाहरुले पनि भाग लिएका थिए भने नानीहरुले नशा सेवन विरुद्ध विभिन्न प्रकारको चेतनामुलक प्ला कार्डहरु बोकेर रयालीलाई सहयोग पुराएका थिए ||

रङली रङलियट थाना अन्तर्गत पर्ने यहाँको मङपू पुलिस आउट पोस्टले आज अन्तराष्ट्रीय नशा विरोध दिवस ( International Day Against Drug Abuse and Illicit Trafficking) को अवसरमा एउटा सचेतना रयालीको आयोजन गर्दै जनमानसमा नशा अर्थात मादक पदार्थको सेवनबाट

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.