मङपूमा आइटीआइ निर्माणको निम्ति भुमि पुजा

Bhumi Puja for ITI construction in Mungpoo
राज्यको मुख्यमन्त्री ममता ब्यनार्जीले २००७ सालदेखि मङपूमा नेपाली अकादमी अनि आइटीआई निर्माण (ITI construction in Mungpoo) हुने घोषणा गर्दै आएपछि २००९ सालमा दार्जीलिंगको भानु भवनबाट प्रोजेक्टरमा रिमोटले मङपूमा निर्माण गरिने आइटीआइको शिलान्याश गरेको आज प्राय: सात वर्षपछि फेरि उनको मुख्यमन्त्रीको दोश्रो कार्यकालमा यसकै निर्माण कार्यको निम्ति भूमि पुजा गरिने कार्य भएको छ | नेपाली अकादमी मङपूमा स्थापित गरिने घोषणा भएपनि चालैनपाई त्यसलाई दार्जीलिंगमा स्थापित गरिने कार्य भयो भने आइटीआई निर्माण कार्यको फेरि चर्चा शुरु भएको छ | यस संस्थान निर्माण कार्यलाई लिएर धेरै वर्ष अघिदेखि स्थानीय मोर्चा अनि टीएमसी बिचको खिचातानीको अन्त गर्दै आज टीएमसी पार्टीको पहलमा मङपूमा आइटीआई कलेज निर्माण गरिने कार्यको भूमि पुजाले आजसम्मको सपनालाई यथार्थमा परिणत गरेको छ | २००७ सालदेखि प्रक्रिया चल्दै आएको निर्माण कार्यको प्रारम्भिक बिन्दु बितेको महिना २५ जुनमा सिन्कोना निर्देशालयबाट जमीन हस्तान्तरण भएपछि आजदेखि अघि बढेको टीएमसी नेतृत्वको अडान छ | उक्त आइटीआई सिन्कोना बगान अधिनस्थ जमीनको ३ ऐकर जमीनमा निर्माण हुने भएको छ भने आज निर्माण कार्य शुरु गर्न अघि विधिवत पुजा अर्चना गरेर रङली रङलीयट थाना प्रभारी सुजित दाशको बाहुलीबाट नरिवल फुटाउदै भुमि पुजा गरिएको छ |        
उक्त निर्माण कार्य कलकताको साकेट इन्फ्रा डेभ्लोपर अधिनस्थ एनबीसीसी एजेन्सीले बीओक्यु अर्थात बील अफ क्वान्टिटीको आधारमा तीनवटा बिल्डिंग निर्माण गरिनेछ भने उक्त बिल्डिंगहरु वर्कसप रुम, क्लास रुम अनि दरवान क्वाटर हुनेछ | यसरी मङपूमा आइटीआइ निर्माण प्रक्रिया अघि बढ्नसाथ काम धन्धा खोज्नेहरुको पनि संख्या बढेको छ | यो संस्थानको निर्माण कार्यमा कुनै राजनैतिक दलहरुले कमिशन मागेर धम्की दिएको छ भनि सोधिएको प्रश्नमा एजेन्सीले कसैले पनि धम्की नदिएको जानकारी दिएको छ | आज भुमि पुजा सुचारुरुपले चलेपनि एकदिन अघिसम्म यो कार्यक्रमलाई युवाहरुले रोक्छौं भन्ने हल्ला चलेपनि पुलिस प्रशासन तैनाथ रहेकोले कुनै प्रकारको अप्रिय घटना भने हुन सकेन | आइटी आइ निर्माणको निम्ति मुख्यमन्त्री ममता ब्यनार्जीले घुँडा धसेर लागी परेको पनि एजेन्सीले बताएको छ भने निर्माण प्रक्रियाको निरीक्षण गर्न अगस्त महिनामा मुख्यमन्त्री ममता ब्यनार्जी स्वय मङपू आउने संकेत देखा परेको छ | यसै सन्दर्भमा तक्दाह ब्लक टीएमसी सचिव पवन बलले भने – सर्वप्रथम म लगायत मङपूको तर्फबाट आइटीआइ कलेज मङपूको अनुमोदन गरेपछि माननीय मुख्यमन्त्रीलाई धन्यबाद दिनचाहन्छु | मुख्यमन्त्रीले माया गरेर यस्तो महत कार्य गरेको छ | यसमा आभार प्रकट गर्छु | यस बाहेक दार्जीलिंग हील त्रिनामूल अध्यक्ष राजेन मुखिया, महासचिव एनबी खवास, शान्ता छेत्री शारदा सुब्बा प्रति पनि आभार प्रकट गरेको छु | आइटीआइ कलेज निर्माण भएपछि मङपूलाई प्रत्यक्ष वा परोक्ष रुपमा लाभ त हुन्छ नै यस बाहेक मङपू वरिपरि तक्दाह, टिस्टाभेल्ली, सिटोङ – लाठपन्चर, कालीझोडा लगायत मधेशबासीहरुलाई पनि लाभ हुने उनले बताएको छ | आज उनले भने – यो कलेज निर्माण भएपछि साना गाडी कुदाउने ड्राइभरधरि लाभान्वित हुनेछ, घर किराया बढ्नेछ | हाम्रो नानीहरुले युगको माग अनुसारको तक्निकीय शिक्षा प्राप्त गर्न सक्नेछ | मङपूमा डिग्री कलेज सम्म नभएकोले नानीहरुले विघ्न वाधा झेल्दै बाहिर गएर शिक्षा लिनु परिरहेको छ | यस्तो बेला मङपूमा आइटीआइ स्थापित हुँदा म खुशी छु भन्दै सबैलाई बधाई टक्राए | हामी दार्जीलिंगसितै मङपूको पनि बिकाश चाहन्छौं, मुख्य मन्त्री पहाड बिकाशको निम्ति उत्सुक छन् | बिकाश दिने मान्छेलाई दाह्रा देखाउनु हुँदैन | केही व्यक्तिहरुले निर्माण कार्यमा बाधा शृष्टि गर्ने धम्की दिएकोमा उनले आइटीआई निर्माण गर्नको निम्ति म लाश बन्न तयार छु तर निर्माण कार्य रोक्न दिने छुइन भनी बलले बताए | राष्ट्रीय नेताहरुले ५ प्रतिशत कमिशनको उठाएको संकेत गर्दै यो शैक्षिक संस्थान हो, यसमाथि कसैले खेलवाड नगरोस भनी सचिव पवन बलले चेतवानी दिएको छ |
यसरी नै जीएनएलएफको पक्षबाट उपस्थित चमन प्रधानले मङपू क्षेत्रमा आइटीआइ बनिने प्रक्रिया पूर्ण भएकोले मङपूबासी खुशी छौँ, यो कार्यप्रति मुख्यमन्त्री प्रति आभारी छौँ भनी बताए | आजको भुमि पुजा कार्यक्रममा टीएमसी जिल्ला महिला समिति सचिवा रेजिना गुरुङ, रङली थाना प्रभारी सुजित दास, आरआर ब्लक सचिव पवन बल, टीएमसी युथ सभापति मङपू जोन सरद थापा, युनियन सचिव आशिषदीप राई, जीएनएलएफबाट चमन प्रधान, अल्बर्ट घिसिंग, दिलिप राई, गणेश ठकुरी आदिको उपस्थिति रहेको थियो ||

राज्यको मुख्यमन्त्री ममता ब्यनार्जीले २००७ सालदेखि मङपूमा नेपाली अकादमी अनि आइटीआई निर्माण (ITI construction in Mungpoo) हुने घोषणा गर्दै आएपछि २००९ सालमा यहाँको रबिन्द्र श्रमिक कल्याण केन्द्रमा प्रोजेक्टरमा रिमोटले मङपूमा निर्माण गरिने आइटीआइको शिलान्याश

Read latest post filed under mungpoo news, North Bengal

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.