सिन्कोना व्यवस्थापक नरेश कुमार बराइलीको सडक दुर्घटनामा मृत्यु

Cinchona Manager Naresh Kumar Baraily died at road accident near Seti jhora NH 10
मङपु सिन्कोना बगान व्यवस्थापक नरेश कुमार बराईली (Cinchona Manager Naresh Kumar baraily) को आज करिब ४.३० बजे बेलुकी मङपुबाट सिलगडी फर्कीरहेको समय एनएच १० सेतीझोड़ा नजिक पहिरोमा माथिबाट दुङगा झरेर गाडीमा लाग्दा घटना स्थलमा नै मृत्यु भएको छ | उनको मृत्युमा समस्त सिन्कोना बगान शोकमा डुबेको छ | मृत्यु पछि उनले ४५ बर्षिया पत्नी संबिता बराईली, ठुलो छोरी सुलाबी बराईली अनि सानी छोरी पलावी बराईलीलाई छोड़ी गएका छन | उनको पत्नी ठुली छोरीलाई सिक्किम पुराएर फर्कीरहेको समय व्यवस्थापक एन.के.बराईली मङपुबाट रम्बीमा झरी सोही गाडीमा नै पति पत्नी सिलगडी तर्फ प्रस्थान गरिरहेको समय माथिबाट भ्यानगाडीमा ढुंगा झर्दा उनको घटना स्थलमा नै मृत्यु भएको परिवार सुत्रले जनाएको छ | बगान व्यवस्थापक एन.के.बराईलीको(५२) साथमा चालक श्याम खाती उमेर २७ बर्षको पनि मृत्यु भएको परिवार सुत्रले जनाएको छ | यसरी उनकी पत्नी भने दोस्रो सिटमा रहेको कारण भाग्येले बाचेकी छिन् | घटना हुन् साथ सैनिक अनि स्थानीय मानिसहरुको सहायतामा तीनैजनालाई सिलगडी नरसिंङ होममा पठाएता पनि चालक अनि व्यवस्थापक एन.के.बराईलीलाई  डक्टरले मृत घोषित गरेको परिवार सुत्रले जनाएको छ | व्यवस्थापकको शवलाई भोली पोस्टमार्टम गरे पश्चात उनको जन्मथलो मङपुमा ल्याई अन्तिमसंस्कार गरिने जानकारी परिवार सुत्रले दिएको छ | यस्तो दुखद घटना भएको सुन्न साथ सिन्कोना बगान निर्देशक डा.सामुएल राई सिलगडी अस्पतालमा पुगी दुखको यस घडीमा बराईली परिवारलाई इश्वरले शहन गर्ने शक्ति प्रदान गरुन भनि प्राथना गर्दै शोक सम्वेदना प्रकट गरेका छन | सिन्कोना निर्देशक डा.सामुएल राईले आज सिन्कोना बगानमा व्यवस्थापक एन.के बराईलीको मृत्युले ठुलो क्षति पुगेको बताएको छ | मङपुको भूमिपुत्र बगान व्यवस्थापक भएकोले उनले मङपुको साहित्यक,संस्कृति,खेलकुद सबै क्षेत्रमा सधैं नै योगदान पुराएका थिए | उनको असामयिक निधनले सिन्कोना बगान साथै मङपुलाई ठुलो क्षति पुगेको छ | एनके बराईली मङपु खेलकुद संघका सभापति साथै विभिन्न संघसंस्थाका प्रमुख सल्हाकारको रुपमा रही आएका थिए | उनको निधनमा नालीडाड़ा ब्यापारी संगठन,रेसेप बजार ब्यापारी संगठन अनि स्थनीय सम्पूर्ण संघ संस्थाले शोकसम्वेदना प्रकट गरेका छन | उनको मृत्युमा समग्र मङपु शोकमा डुबेको छ/

मङपु सिन्कोना बगान व्यवस्थापक नरेश कुमार बराईली (Cinchona Manager Naresh Kumar baraily) को आज करिब ४.३० बजे बेलुकी मङपुबाट सिलगडी फर्कीरहेको समय एनएच १० सेतीझोड़ा नजिक पहिरोमा माथिबाट दुङगा झरेर गाडीमा लाग्दा घटना स्थलमा नै मृत्यु भएको छ |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.