दातडुप्लालेयु लाब्दा द्वारा सिन्कोनाको जगेरा अनि बिकाशको निम्ति भब्य सम्मेलन

Cinchona Seminar
सिन्कोना (Cinchona) बगानको सम्बर्धन, जगेरा, बिकाश र बिस्तारको निम्ति अघि आउँ, एक हौँ – भन्ने मन्त्रलाई अघि लाएर दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन लाब्दा शाखाको आयोजनामा यहाँको लाब्दा प्राथमिक पाठशाला भवनमा सिन्कोना बगानकै पहिलो अनि भब्य सम्मेलन आयोजन भएको छ | कार्यक्रममा श्रमिक मजदुरहरुको हक र अधिकारको कुरा मात्र नभएर सिन्कोना बगानमा आजसम्म भएको प्रगति साथै बगानको कार्य शैलीमा ल्याउन पर्ने सुधारहरु बारे पनि व्यापक चर्चा गरियो | सिन्कोना बगानमा हुने कतिपय कार्य संस्कारहरु २० वर्ष अघि जस्तो थियो आज पनि त्यसमा सुधार नआएको कारण श्रमिकहरुलाई कार्य गर्नु असुविधा मात्र नभएर समस्त सिन्कोना बगानलाई नै अदृश्य क्षति भइरहेको कार्यक्रममा वक्ताहरुले बताए | यसरी नै बगानमा अहिले घरि सिन्कोना इपिकेक मात्र नलगाएर विभिन्न फल – फूल साथै औषधिमुलक पौधाहरुको पनि खेती गरिन्छ भने ती खेतीहरुको पहिला बजार व्यवस्था ठीक गरिनु पर्ने, निर्देशालयले विभागीय अधिकारीहरुलाई मात्र लिएर कार्यशाला सम्पन्न गर्नु भन्दा समयमा बगानको मेरुदण्ड मानिने श्रमिक मजदुरहरुलाई लिएर पनि कार्यशालाहरु सम्पन्न गरिनु पर्ने, श्रमिक मजदुरहरुलाई चाहिने हात हतियारहरु साथै प्राथमिक चिकित्साहरुको व्यवस्था दह्रिलो बनाइनु पर्ने, सिन्कोनाको पुरानो कारखानालाई बारबार मर्मति गर्दै व्यर्थमा खर्च गर्नु भन्दा यसलाई एउटा संग्राहलयको रुपमा संरक्षण गरेर नयाँ उच्च तक्निकीय सुविधा भएको कारखाना निर्माण गर्ने दिशातिर जोड दिनु पर्ने जस्ता मूल विषयहरुमा व्यापक चर्चा भएको थियो | कुनै पनि संघ, संस्था अथवा संगठनहरुमा जब काम गर्न असुविधा हुन्छ, प्रतिक्षाको घडी सकिन्छ साथै सहनशीलताको सिमा नाघ्छ तब त्यहाँ सेमिनारहरु शुरु हुन्छ र यो सेमिनार गरेर लाब्दा विभागले सुधार आन्दोलनको शंखघोष गरेको छ र यस्तै सेमिनारहरु अब प्रत्येक विभागमा हुनेछ भनी उपस्थित वक्ताहरुले आफ्नो बक्तव्यको क्रममा जनाएको छ भने सिन्कोना संग्रक्षण अनि बिकाशकै निम्ति आगमी ३१ जुलाईको दिन कालेबुङ भब्य सम्मेलन हुने जानकारी छ |

बीबी प्रधान द्वारा संचालित कार्यक्रममा क्षेत्रीय सभासद रतन कुमार थापाको बाहुलीबाट झण्डा उत्तोलन भएपछि दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन मूल सचिव गगन राईको बाहुलीबाट हल उद्घाटन भएको थियो | युनियन लाब्दा शाखा सभापति रतन अधिकारीको सभापतित्वमा सम्पन्न सम्मेलनमा लोकमणि शर्माले स्वागत भाषण राखेका थिए भने युनियन शाखा सचिव राजेश तामांग द्वारा प्रतिवेदन पाठ गरिएको थियो जुन प्रतिवेदन माथि सुबास राई, लोकमणि शर्मा अनि सुरेन पाख्रीन द्वारा टिप्पणी गरिएको थियो |
कार्यक्रममा सभासद रतन थापा, युनियन मङपू जोन सचिव किशन बुडाथोकी, सिन्कोना विभाग केन्द्रीय समिति कोअर्डिनेटर मिरेन लामा, साथै दातडुप्लालेयु सिन्कोना जोन सचिव गगन राईले पनि सिन्कोनाको जगेरा अनि बिकाश बारेमा सारगर्भित बक्तब्य पेश गरेका थिए | कार्यक्रममा कवि सुभद्र बोम्जन द्वारा मिठो कविता वाचन गरिएको थियो भने गायक सुरेन पाख्रिन द्वारा मिठो गीत प्रस्तुत भएको थियो | यसरी नै कार्यक्रममा अवकाश प्राप्त कर्मचारीहरुलाई, कवियत्री सुभद्र बोम्जन, गायक संगीतकार, स्थानीय पत्रकार, एमपी, एचएस टपर साथै उच्च शिक्षा प्राप्त व्यक्तिहरुलाई सम्बर्धना पनि जनाइएको थियो ||

सिन्कोना (Cinchona) बगानको सम्बर्धन, जगेरा, बिकाश र बिस्तारको निम्ति अघि आउँ, एक हौँ – भन्ने मन्त्रलाई अघि लाएर दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन लाब्दा शाखाको आयोजनामा यहाँको लाब्दा प्राथमिक पाठशाला भवनमा सिन्कोना बगानकै पहिलो अनि भब्य सम्मेलन आयोजन भएको छ |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.