मङपुलाई खण्ड बिकास अनि नगरपालिकाको दर्जा दिलाउने – शान्ता छेत्री खरसाङ जिल्ला माग गर्दै मङपुलाई महकुमा बनाउने – प्रदिप प्रधान

Rajen Mukhia, Shanta chhetri, Sardha Rai subba, Pradeep Pradhan in Mungpoo
मङपुको जनताले दीर्घ दिनदेखि भोगिरहेको समस्या साथै बड्दो आवादीलाई विचारेर यहाँ खण्ड बिकाश अनि रेशेप बजारलाई नगरपालिकाको दर्जा दिलाउन पहल गरिदिने कुरा नर्थ बेङगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेशन भाइस चेयरमेन शान्ता छेत्रीले आज यहाँको रङबी विभाग स्थित सार्वजनिक भवनमा दार्जीलिंग जिल्ला त्रिनामुल महिला कांग्रेस द्वारा आयोजित अभिनन्दन कार्यक्रम मंचबाट भनेकी छिन् | हिल टीएमसीका दुई जना नेत्रीहरु उतर बङ्गाल परिवहन निर्देशक शारदा राई सुब्बा अनि नर्थ बेङगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेशन भाइस चेयरमेन शान्ता छेत्रीलाई मुख्यमन्त्रीले दिएको पदहरुको कदर गर्दै शुभकामना जनाउन यस अभिनन्दन कार्यक्रमको आयोजन गरिएको हो | कार्यक्रमलाई सम्बोधन गर्दै छेत्रीले आफु पहिले गोरामुमोको बिधायक हुँदा पनि मङपुको निम्ति धेरै नै कार्यहरु गरेको बताए जसमा त्यसताक भालुखोपको बाटोले मङपुबासीलाई धेरै नै समस्यामा पारेर सिलिगुडीसित जोडिन बन्चित गर्ने गर्थ्यो र त्यसलाई मैलेनै त्यसको समाधान गरिदिएको हो भनी बताए | यसरी नै मङपुमा अहिले स्थापित भएको कोर्टको माग पनि मैले नै गरिदिएको हो अनि मङपुमा बस स्ट्याण्ड नहुँदा मैले नै माग गरेर स्ट्याण्ड बनाई डीजीएचसीलाई सुम्पेको कुरा स्पष्ट पारिन | यसको साथै मङपु एउटा ठुलो क्षेत्र भएकोले अनि यहाँको जनतालाई तक्दाह ब्लक जान टाडो पर्ने हुनाले अब यहाँ आफ्नै ब्लक हुनपर्ने जरुरी रहेकोले आज सरकार हाम्रै छ र हामी यस बिषयमा पहल गर्ने छौँ भनी बताएका छन् | साथमा यहाँको ब्रिटिशकालिन रेशेप बजारलाई पनि नगरपालिकाको दर्जा दिलाउने दिशामा पहल गर्ने बचन दिए भने यी मुद्दाहरुमा अब मङपुको समस्त जनताले सचेत भएर साथ दिनु पर्ने जरुरी रहेको उनले बताए | यही कुरालाई अझ जोड दिंदै आजको मुख्य अतिथि साथै जीटीए चेयरमेन प्रदीप प्रधान जो केही दिन अघि मोर्चा त्यागेर टीएमसीमा सामेल भएका थिए उनले पनि मङपुको निम्ति मुख्यमन्त्री ममता ब्यनार्जीसित यो भन्दा ठुलो कुरा मागिदिएको बताउंदै उनले मुख्यमन्त्रीलाई खरसाङ जिल्लाको माग गरेर यसै अन्तर्गत मङपुलाई यसको एउटा महकुमा बनाउने माग गरेको बताए भने ममता ब्यनार्जीले पनि म जे बोल्छु त्यो पुरा गर्छु भनी आफुलाई बचन दिएको खुलासा गरेका छन् | यसको साथै सिन्कोना अनि चिया बगानबासीहरुको निम्ति पर्जा पट्टाको माग पनि मुख्य मन्त्री समक्ष राखेको उनले बताए | मोर्चामा प्राय: एक डेड वर्ष निष्क्रीय भएर अन्तमा टीएमसीमा सामेल हुन पुगेका प्रधानले यतिका वर्षसम्म मनभित्र पालेको कुण्ठालाई जनता समक्ष खोल्ने काम गरेको छ | मोर्चा अनि जीटीएको खोइरो खन्दै आफुलाई जीटीएको चेयरमेन सभासदहरुले बनाएको हो र यसको नियामुनासर मेरो पदलाई उनीहरुले खारेज गर्न सक्छ तर मलाई सभासद जनताले बनाएको हो जसलाई मोर्चाका नेताहरुले खारेज गर्न नसक्ने बताउंदै उनी मुख्यमन्त्रीकै निर्देशमा सभासद पद नछोड्ने बताए | जीटीए अनि मोर्चाभित्र केवल ढाँट र भ्रष्टचारको राजनीति चलेकोले आफू बाउ बाजेको पालोदेखि नै जनता अनि पार्टीको एक पैसा नखाने इमान्दार खुनको छोरा रहेकोले यस्तो भ्रष्टचार आफुले सहन गर्न नसकेकोले मोर्चा छोडेको उनको भनाई छ | केवल जनतालाई ढांटेर उनीहरुको हकमा आएको पैसाले केवल मोर्चाका नेताहरु मात्र धनी भएको अनि जनता भने त्यही पुरानै मर्कामा परेको उनको अडान छ भने बिमल गुरुङलाई मैले नै नेता बनाएको हो र हाम्रो चिन्हारीको निम्ति छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गरौँ भन्ने व्यक्ति पनि मै हुँ तर जीटीएमा हस्ताक्षर गरेर गोर्खाल्याण्डको निम्ति उर्लेको समस्त पहाडको जनताको नै पसिना चुस्ने काम मोर्चाले गरेको प्रधानले जनाएको छ | मुख्यमन्त्री ममता ब्यनार्जीले पहाडलाई स्वीजरल्याण्ड बनाइदिन्छु भन्दै जीटीए मार्फत करोडौ रुपियाँ दिने गरेपनि जीटीएका पदाधिकारीहरुले यसलाई दुरुपयोग गरेको बुझेर नै मुख्यमन्त्रीले जनतालाई प्रत्यक्षरुपमा सहुलियत दिन बोर्डहरुको गठन गरेको उनले स्पस्टिकरण दिएका छन् | यता बिमल गुरुङले जताततै घोषणा मात्र गर्दै हिंडेको सम्बन्धमा खरसाङमा मल्टी फेसिलिटी हस्पिटल बनाइदिन्छु भन्दा प्रधानले स्वयले आफ्नो ९ ऐकर जमीन दिएको भएपनि आजसम्म सिन्का भाँची काम नगरेको उनले आरोप लगाए भने यसरी नै खरसाङको गिद्देपहाडदेखि रोहिणी सम्म अनि रोहिणी देखि मिरिक सम्म रोपवे खोल्छु भन्दै उद्घाटन गरेर आजसम्म एउटा काँटी सम्म नठोकेको बताए भने कालेबुंगमा पनि करोडौं रुपियाँको स्टेडियम बनाइदिने घोषणा गरेर एक बेल्चा बालुवा सम्म नलगाएको उनले आरोप लगाए | यसरी पहाडको विभिन्न ठाउँहरुमा बिमलले केवल घोषणा गर्दै जनताको भोट खोस्ने र उनीहरुको सोझोपनको फाइदा उठाउने काम मात्र गरेको बताए भने डिजिटल राशन कार्ड मार्फत जनताले आफुले पाउने राशन कुनै घोटाला बिना पाउने बुझेर अब हामीलाई कुनै फाइदा नहुने बुझेर यसको बिरोध गरेको उनको भनाइ छ | यहाँसम्म कि जीटीएका सभासदहरुले आफुले चड्ने गाडीमा पाउने तेल धारीको घोटाला गरेको उनले आज जनता समक्ष खुलासा गरेका छन् भने यस्तै घोटालाहरुले गर्दै पहाडको बिकास नहुने बुझेपछि अब म खरसाङलाई मात्र भएपनि बिकशित पार्छु भन्ने उदेश्य राखेर नै आज टीएमसीमा सामेल भएको जनाए | प्रदिप प्रधान टीएमसीमा सामेल भएकोमा बिरोध गर्दै आज खरसाङमा मोर्चाले पचास लाख खर्च गरेर घर घर गएर जनता थुपार्दै सभा गरेको छ भन्दै आउँदो अक्टुबर महिनामा म एक रुपियाँ खर्च नगरी आज मोर्चाले भेला गरेको जनताको चार गुना बेसी जनता भेला गरेर देखाइदिने छु भन्दै मोर्चालाई चुनौती दिएका छन् |

यसरी नै टीएमसी नेता बिन्नी शर्माले पनि आफ्नो सम्बोधनमा मोर्चाले केवल फलरहित आन्दोलन गर्दै कंगाल बनाएको पहाडलाई हामी बिकाश गर्ने उदेश्यमा अघि आउँदा माटो बिरोधी, गोर्खाल्याण्ड बिरोधी भनेको बताउंदै पहाडमा मोर्चा मात्र माटोप्रेमी पार्टी हो किन भने पीएमजीवाइएस, एनआरजीएस, आरवाइडीएफबाट माटो खनेर बाटो बनाउने काममा घोटाला गर्दै यस्तै माटोको काम मात्र रुचाउने पार्टी मोर्चा हो भनी व्यंग्य कसेका छन् | कार्यक्रमलाई हील त्रिनामुल अध्यक्ष राजेन मुखिया लगायत टीएमसी नेतृत्वहरु लक्की तामांग, सिखा राई, पवन बल आदिले पनि सम्बोधन गरेका थिए भने कार्यक्रममा नोमिनेटेड सभासद मिलन डुक्पा, सपना तामांग, पेमु भुटिया, बीएस राई, नील कुमार गुरुङ, बिन्ध्या राई सुब्बा, सरद थापा लगायत मङपु लाब्दा समष्टिका विभिन्न शाखाका टीएमसी पदाधिकारीहरु पनि उपस्थित रहेका थिए |
मिङमा भुटियाको सभाध्यक्षतामा सम्पन्न आजको कार्यक्रमलाई रेजिना गुरुङले संचालन गरेका थिए भने टीएमसी मजदुर युनियनका किरण ब्लोनले पनि सिन्कोना बिषयलिएर एकपल्ट मुख्यमन्त्रीलाई मङपु ल्याउदिने उपस्थित टीएमसीका उच्चपदस्थ नेतृत्वहरुलाई निवेदन गरेका छन् | आज टीएमसी पार्टीगत कार्यक्रमकै अवसरमा यहाँको रेशेप विभाग, रङबी विभाग अनि सिकसिन फरेस्ट बस्ती गरेर जम्मा ६८ परिवार टीएमसीमा सामेल भएको जानकारी गराए भने सामेल हुन आइपुगेका जतिलाई अध्यक्ष राजेन मुखिया, शान्ता छेत्री, शारदा राई सुब्बाको बाहुलीबाट झण्डा दिंदै स्वागत जनाएको छ ||

मङपुको जनताले दीर्घ दिनदेखि भोगिरहेको समस्या साथै बड्दो आवादीलाई विचारेर यहाँ खण्ड बिकाश अनि रेशेप बजारलाई नगरपालिकाको दर्जा दिलाउन पहल गरिदिने कुरा नर्थ बेङगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेशन भाइस चेयरमेन शान्ता छेत्रीले आज यहाँको रङबी विभाग स्थित सार्वजनिक भवनमा दार्जीलिंग जिल्ला त्रिनामुल महिला कांग्रेस द्वारा आयोजित अभिनन्दन कार्यक्रम मंचबाट भनेकी छिन् |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.