गोजमुमो लाब्दा शाखाको अनुमोदन सभा

Gorkha Janmukti Morcha meeting in Labdah Division
बर्तमान दार्जीलिंग पहाडभरि नै पार्टी अदलबदल गर्ने क्रममा झण्डाको राजनीति चलिरहेको समय गोर्खा जनमुक्ति मोर्चा लाब्दा शाखालाई सशक्तिकरण गर्नहेतु गत ८ अप्रेलको दिन पार्टीको पुरानो शाखा अनि युनियन विघटन गरि नयाँ पदाधिकारी चयन गरिएको थियो भने आज यसै नवगठित शाखा अनि युनियनलाई अनुमोदन गर्नार्थ मङपु लाब्दा समष्टि सभासद रतन कुमार थापाको उपस्थितिमा एउटा सभा बस्यो | गोजमुमो लाब्दा शाखा सभापति भुपाल मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई शाखा सचिव दिपेन योन्जनले संचालन गरेका थिए जसमा युनियन मङपु जोन सभापति सुरेन राईले स्वागत सम्भाषण राखेका थिए | सभामा नव गठित पार्टी अनि युनियनको अनुमोदन प्रस्ताव राख्दै यसलाई सर्व सम्मति मार्फत अनुमोदन भएको घोषणा भयो | पुर्वघोषित कार्यक्रम अनुसार आजकै दिन पार्टीको नयाँ युवा मोर्चा अनि नारी मोर्चा पदाधिकारीहरु पनि चयन गरिने योजना रहेपनि केही कारणवश सो कार्य नगरिएको साथै केही दिन भित्रमा गठन गर्ने जानकारी प्राप्त छ | अनुमोदन सभालाई नारी मोर्चा मङपु समष्टि सचिवा सुर्यमणि राई, मङपु युवा मोर्चा सचिव विज्ञेन मिश्र, समष्टि सभापति उर्गेन शेर्पा, युवा मोर्चा अध्यक्ष मङपु जोन बिकाश गुरुङ, कानुनी सल्लाहकार राम पोख्रेल आदिले सम्बोधन गर्दै मोर्चाको विगतका दिनहरु बारे चर्चा साथै भावी कार्यक्रमहरुको निम्ति एककृत भइ बस्नु पर्ने साथै गोर्खाल्याण्डको मागलाई दबाउन बङ्गाल सरकारले रचेको षड्यन्त्रदेखि बाँचेर निर्भिक भइ केवल गोर्खाल्याण्डकै निम्ति समर्पित हुने अनि बर्तमानको झण्डा फेर्ने हैंजामा नफस्ने सुझाव राखे | यही सभामा विगतको सभामा युनियनको छोडिएको पदहरुमा पनि पदाधिकारी नियुक्ति गरियो जसमा युनियन उपसभापति विभोर तामांग, सहसचिव राजीब राई, लेखापरिक्षक विदेन प्रधान चयन गरिएको छ ||

बर्तमान दार्जीलिंग पहाडभरि नै पार्टी अदलबदल गर्ने क्रममा झण्डाको राजनीति चलिरहेको समय गोर्खा जनमुक्ति मोर्चा लाब्दा शाखालाई सशक्तिकरण गर्नहेतु गत ८ अप्रेलको दिन पार्टीको पुरानो शाखा अनि युनियन विघटन गरि नयाँ पदाधिकारी चयन गरिएको थियो भने आज यसै नवगठित शाखा अनि

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.