गरीब निमुखाहरुले अझै पनि बोर्डबाट घर पाएको छैन

Poor villager house in labdah busty
राज्यकी मुख्यमन्त्री ममता ब्यनार्जीले दार्जीलिंग पहाडका सम्पूर्ण जातिहरुको सर्वाङगिन बिकाश गर्ने उदेश्यले विगतका वर्षहरुमा विभिन्न जात गोष्ठीहरुको निम्ति भकाभक बिकाश बोर्ड गठन गर्दै यसकै माध्यमबाट गरिबी रेखा मुनिका जनताहरुको घर निर्माण गर्ने कार्य भयो | तैपनि हिजआज ती बोर्डका कतिपय गरीब जनताहरु जसलाई घर निर्माण गरिदिन आवश्यक हुँदा हुँदै पनि केवल चंखो बाठो जसले बोर्डका प्रतिनिधिहरुसित सजिलो सम्पर्क बनाउन सक्छ, जसलाई घर निर्माण गरिदिन आवश्यक छैन उनीहरुले मात्र घर पाएको जनगुनासोहरु सुन्नमा आएको छ | गाउँ बस्तीतिर गरीब जनताहरु आजपनि आँधी हुरी र झरीसित संघर्ष गर्दै मक्किएको, कुहेको घरमा बस्न बाध्य भएको देख्नमा आइरहेको छ | यसै शिलशिलामा मङपुको लाब्दा बस्तिका ज्यादातर जनताहरुको पनि यस्तै गुनासो सुन्नमा आएको छ | गत फरवरीमा कालेबुंगको टाउन हलमा भएको तामांग रीमठीम विषयमा तामांग कल्चर प्रोग्राम भएको समय लाब्दा बस्ति शाखाका अखिल भारतीय तामांग बौद्ध संघको एक टोलीले तामांग बोर्ड चियरमेन संजय मोक्तानसंग भेट गर्दै सम्पूर्ण लाब्दा बस्तिको सम्पूर्ण तामांग समुदाय जो गरिबी रेखा मुनिका छन् उनीहरुको जानकारी गराइएको थियो | जसको निम्ति चेयरमेन मोक्तानले चाडै ब्लकको चेयरमेन, सेक्रेटरी साथमा लिएर सबै छानबीन गरिदिने बचन दिएका थिए भने त्यो छानबीन कार्य धरि आजसम्म नभएको यहाँका जनताको गुनासो छ | लाब्दा बस्तिमा केवल एकैजना तामांग देवराज मोक्तानले घर पायो तर त्यसको निम्ति सामानहरु पनि अपुग साथै खर्च पनि केवल दस हजार मात्र पाएको गुनासो लाब्दा बस्ति अल बुद्धिष्ट गुम्बा कमिटि सभापति महाबीर पाख्रीनले गरेको छ | लाब्दा बस्तिमा प्राय: ५५ घर तामांग छ जसमा ४० घर भन्दा अधिक गरिबी रेखा मुनिका छन्, जसको घर कुहेर, भत्केर जीर्ण अवस्थामा रहेको छ र उनीहरुको निम्ति निस्वार्थ घर बनाईदिन नितान्त आवश्यक छ | आय श्रोतको कुनै दह्रिलो माध्यम नभएको कारण उनीहरु दिनको एक छाक जुटाउन सम्म गाह्रो पर्छ भने घर बनाउने कुनै कुरो छैन | यसैले यदि बिकाश बोर्डले यसभित्रका सदस्य तथा सन्तानहरुको बिकाश गर्छ भने यस्ता गरीब जनताको घर निर्माण गरिदिएको हुनुपर्छ भन्ने उनको भनाइ छ | प्रसंगमा चारैतिर बर्तमानमा बोर्डको माध्यबाट पुगिसरी परिवारहरुको निम्ति घर निर्माण गर्ने कार्य चलिरहेको छ भने गाउँ बस्तिका यस्ता निमुखा जनताहरु संधै गरीबको गरीब नै अनि अवहेलित साथै बोर्डका सहुलियतहरु पाउन देखि बन्चित भएर बसेको देखिएको छ | यस्तो अवस्थामा सबै बोर्डका पदाधिकारीहरुले स्थलगत भ्रमण गर्दै सठीक निरीक्षण गरेर मात्र घर निर्माण गरिदिनुपर्ने समय देखा परेको छ जसले गर्दा गाउँ बस्तिका गरीब निमुखा जनताले पनि बोर्डको सहुलियत प्राप्त गर्दै केही हदसम्म राहत अनुभव गर्न सक्षम होस् ||

राज्यकी मुख्यमन्त्री ममता ब्यनार्जीले दार्जीलिंग पहाडका सम्पूर्ण जातिहरुको सर्वाङगिन बिकाश गर्ने उदेश्यले विगतका वर्षहरुमा विभिन्न जात गोष्ठीहरुको निम्ति भकाभक बिकाश बोर्ड गठन गर्दै यसकै माध्यमबाट गरिबी रेखा मुनिका जनताहरुको घर निर्माण गर्ने कार्य भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.