स्थायीकरणको माग गर्दै सिन्कोना स्पेसियल सिजनल लेबरहरूले विनय तामाङलाई भेटे

Cinchona special seasonal labour met GTA chief Binay Tamang
सिन्कोना बगान स्पेसियल सिजनल श्रमिक संगठनका प्रतिनिधिहरूले आज जीटीए अध्यक्ष विनय तामाङसित भेटवार्ता गरी आफूहरूलाई स्थायीकरण गरिनुपर्ने माग गरेका छन्। मङपू सिन्कोना बगान स्पेसियल सिजनल श्रमिक सगंठनका सभापति मिलन गुरूङ अनि सचिव विभोर तामाङ अनि सुरेन राईको नेतृत्वमा सगंठनका प्रतिनिधिहरूले भेटवार्ता गरी संगठनको मागहरूलाई लिएर एउटा ज्ञापन पनि चड़ाए।
भेटघाटको क्रममा सगंठन सभापति मिलन गुरूङले सिजनल श्रमिकहरूको जम्मै समस्याहरू विस्तृत रुपमा राख्दै मुख्यरूपले स्थायीकरणको निम्ति पहल गरिदिने अपील गरे। तत्कालीन क्षेत्रीय सभासद् रतन थापाले डेड़ वर्षभित्रमा आफूहरूलाई स्थायीकरण हुन्छ भन्ने आश्वासन दिएर २०११ सालमा स्पेसियल सिजन लेबरको रूपमा भर्ना गरेको भएतापनि अहिलेसम्म स्थायीकरण नभएको उल्लेख गर्दै सभासद्को झूटो आशाले गर्दा आफूहरू घरको न घाटको अवस्थामा रहिआएको गुरूङले गुनासो गरे। आफूहरू स्थायीकरणको आशामा घाममा रापिदै अनि पानी-झरीमा रूझी भिजी बगानको निस्वार्थ सेवा गरिरहेको भएतापनि अहिलेसम्म स्थायीकरणको कुनै प्रक्रिया शुरू नगरिएको पनि गुरूङले अध्यक्ष तामाङसमक्ष राखे।
संगठनको तर्फबाट सम्पूर्ण गुनासो अनि दुखेसोहरू सुनेपछि अध्यक्ष विनय तामाङले स्पेसियल सिजनल लेबरहरूको योगदान त्यसै खेरो नजाने अनि बगानमा बगाएको लेबरहरूको पसीनाको मूल्य अवश्यै पाउने पनि बताए। मङपू सिन्कोना बगानको उन्नति, बिकाससितै कर्मचारी, श्रमिक तथा सम्पूर्ण अस्थायी श्रमिकहरूको समस्यालाई समाधान गर्न जीटीएले क्रमवद्धरूपमा पहल गर्ने पनि वचन दिए।
सिजनल लेवरहरूले यत्रो वर्षसम्म धैर्य गरेर बसेको छ भने उक्त धैर्यतालाई अझ ४/५ महिनासम्म धारण गरिदिने पनि तामाङले भने। तपाईहरूले यत्रो वर्ष त धैर्य गरेर बस्नुभयो अब 4/5 महीना धैर्य गर्नुहोस्, म तपाईहरूको समस्यालाई अवश्यै समाधन गरिदिनेछु, तामाङले भने।
जीटीए अध्यक्षसित भएको आजको बैठक खुबै सकरात्मक रहेको उल्लेख गर्दै जीटीए अध्यक्ष विनय तामाङकै अधीनमा सिन्कोना विभाग रहेको हुनाले आफूहरूको समस्या अवश्यै समाधान भएर जानेछ भन्ने आफूहरूलाई पूर्ण विश्वास रहेको संगठनका सभापति मिलन गुरूङले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।|

सिन्कोना बगान स्पेसियल सिजनल श्रमिक संगठनका प्रतिनिधिहरूले आज जीटीए अध्यक्ष विनय तामाङसित भेटवार्ता गरी आफूहरूलाई स्थायीकरण गरिनुपर्ने माग गरेका छन्। मङपू सिन्कोना बगान स्पेसियल सिजनल श्रमिक सगंठनका सभापति मिलन गुरूङ अनि सचिव विभोर तामाङ अनि

Read latest post filed under cinchona, mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.