गोर्खा राष्ट्रीय मुक्ति मोर्चा पार्टी जसले आफ्नो दललाई पुन: सशक्तिकरण गर्ने दिशामा दार्जीलिंग पहाडभरि नै संगठन बिस्तार गर्ने क्रम चलिरहेको छ | यही लहरमा गत आइतबार लाठपन्चर जन मैदानमा गोरामुमोको सांगठानिक सभा आरबी राईको अध्यक्षतामा सम्पन्न भयो | शाखा सचिव बिकाश गुरुङ अनि कन्भेनर पीके सुब्बाद्वारा संचालित उक्त सभालाई सम्बोधन गर्दै जीपी सुब्बाले सुबास घिसिंगको मार्ग दर्शनलाई अपनाएर त्यसैको अनुशरण गरे मात्र वर्षौंदेखि भौंतारिएको हामी गोर्खा जाति सठीक लक्ष्यमा पुग्न सक्छौं भनी बताए | यसरी नै अर्का वक्ता पुर्व पार्षद बिनोद मोक्तानले हाल गोरामुमोले हिल एरिया डेभ्लोपमेन्ट कमिटिको भार लिए पनि यो डेभ्लोपमेन्ट साथसाथै हाम्रो मूल मुद्दा छैटौं अनुसुचिलाई पनि अघि बढाएर गोर्खाल्याण्डको लक्ष्य प्राप्त गर्न सक्ने कुरा बताए | एबी खड्काले युवा एकाईलाई सम्बोधन गर्दै युवाहरु अनुशासनवद्ध भएर काम गर्नु पर्ने सुझाव राखे | सम्बोधनको क्रममा जेबी राईले सम्पूर्ण लाठ पन्चरका बासिन्दालाई यस सत्यको झण्डा हरियो झण्डा समातेर गोर्खाको अस्तित्व बचाउँदै हिजका दिनहरुमा जेजसो भयो सबै बिर्सेर अबउसो सम्पूर्ण गोर्खालाई एउटा संवैधानिक सुरक्षा दिलाउने पार्टी गोरामुमोमा सामेल भइदिने अपिल गरे | सभामा केन्द्रिय कमिटि युथ कन्भेनर आनन्द राईले गोरामुमोको हिज, आज अनि आउने दिनको क्रियाकलाप अनि कार्यक्रम बारे सबलाई जानकारी गराए | कुमार भाई पौड्यालले संगठनलाई कसरी बिस्तार गरेर लाने भन्ने विषयमा जोड दिएका थिए | सभामा केन्द्रीय कमिटि कन्भेनर आनन्द राई, खरसाङ ब्रान्च कमिटिका सदस्यहरु आरबी प्रधान, केबी गुरुङ, रेखामणि गुरुङ राई, सरिता तामांग आदि उपस्थित रहेका थिए भने अन्तमा लाठपन्चरबासीले हाल गोरामुमो अध्यक्ष मन घिसिंग हिल डेभ्लोपमेन्ट कमिटिका अध्यक्ष भएकोमा स्वागत, समर्थन साथै शुभकामनाको साथ सुबास घिसिंगको मार्गदर्शनलाई अनुशरण गर्दै जबसम्म हरियो झण्डा रहन्छ तबसम्मनै गोरामुमोलाई आफ्नो लक्ष्यसम्म पुराउन सम्पूर्ण जनताले साथ दिएर मन घिसिंगको हात दह्रिलो पार्ने पनि प्रण गरे ||
लाठपन्चरमा गोरामुमोको सांगठानिक सभा
27Nov2017
Post a Comment