गोर्खाल्याण्डको निम्ति सिम्ले शाखा अझैपनि बिमल गुरुङको समर्थनमा

GJM chief Bimal Gurung
गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वमा तीन महिना दार्जीलिंग पहाडव्यापी गोर्खाल्याण्ड आन्दोलन अनि यसको अनिश्चितकालिन बन्दले अस्तव्यस्त पहाडको स्थितिलाई बिराम दिंदै मोर्चा नेता बिनय तामांग अनि अनित थापा द्वारा जीटीए बोर्ड अफ एडमिनिस्ट्रेशन हातमा लिएपछि दुई भाग भएको मोर्चा खेमामा बर्तमान बिनय अनित क्याम्पलाई समर्थन जनाउनेहरुको धुइरो बढ्नेक्रम जारी छ | बिशेष गरेर आन्दोलन अवधि विभिन्न मुद्दामा पर्ने समर्थकहरु अनि ठेकेदारहरुले मात्र जीटीए २ लाई समर्थन गरिरहेको आरोपहरु आइरहेको भएपनि यता मङपु क्षेत्रमा पनि दिनोदीन विभिन्न वार्डहरुमा बिनय – अनित क्याम्पको कमिटि गठन गर्ने काम चलिरहेको छ | तर तीन महिने आन्दोलनले सर्वस्व लुटाएको जनताले गोर्खाको एकमात्र समाधान गोर्खाल्याण्ड नै हो अन्य कुनै अस्थायी व्यवस्था यसको बिकल्प हुनै सक्दैन साथै यस्तो चानचुने व्यवस्थामा अब बिसाएर हुँदैन, राज्य प्राप्तिको निम्ति संघर्ष जारी राख्नुपर्छ भन्नेहरुको पनि हुल कम्ति छैन | यस्तैमा यता मङपु विभाग अन्तर्गत सिम्ले शाखाका गोजमुमो समर्थकहरुले भने बिमल गुरुङलाई नै गोर्खाल्याण्डको मेन हिरो मानिलिएको छ | गुरुङ मात्र एउटा इमान्दार नेता हुन् जसमा गोर्खाल्याण्डको मुद्दालाई फत्ते गर्ने आँट छ यसैले हाम्रो समर्थन तिनलाई नै रहनेछ भनी यहाँका समर्थकहरुले एक विज्ञप्ति मार्फत जनाएका छन् | विज्ञप्तिमा भनिएको छ कि जातीय अस्मिता अनि गोर्खाहरुको चिन्हारीको एउटै मात्र लक्ष्य र उदेश्यको निम्ति गठित गोर्खा जनमुक्ति मोर्चाको गोर्खाल्याण्ड शब्द कदापि जनजिब्रो र मन मश्तिशकबाट हराएर जाने छैन | बर्तमान पहाडको राजनैतिक स्थितिबारे चर्चा गर्दा अहिले गोजमुमो दुई भंगालोमा बहिरहेको छ | एउटा भंगालो आफ्नो लक्ष्य र उदेश्यमा दृड संकल्प लिएर बगिरहेको छ भने अर्को भंगालो बङ्गालकै दासत्व स्वीकार गरेर जातीय अस्मिताको मुद्दा समेत दाउमा लगाएको छ | यसर्थ गोजमुमो लाब्दा मङपु समष्टि पनि बर्तमान राजनैतिक समीकरणमा अछुत रहन सकेन | गोजमुमो संगठनभित्रकै स्वार्थी र अवसरवादी व्यक्तिहरुद्वारा समष्टिको स्वस्छ छवीलाई धमिलाउने कोशिश भइरहेको छ | यसै समष्टि अन्तर्गत सिम्ले शाखा यस्ता कार्यहरुको घोर भर्त्सना जनाउदछ | सिम्ले शाखा अन्तर्गत सम्पूर्ण भात्री संगठनहरु अझ पनि आफ्नो मूल मुद्दा गोर्खाल्याण्ड प्रति समर्पित रहेको छ | जन आन्दोलनको समयमा जति पनि असामाजिक तत्वहरुले आफ्नै धन सम्पतिको नोक्सान गर्यो, हाम्रा निहत्या आन्दोलनकारीहरुमाथि निर्ममतापुर्वक गोली दागी हत्या गरियो त्यसको पनि गोजमुमो सिम्ले शाखाले घोर भर्त्सना जनाउदछ | त्यी सम्पूर्ण जघन्य अत्याचार र हाम्रा सम्पूर्ण नेतृत्ववर्गमाथि लगाइएको मुद्दाहरुको छानबीन गर्न केन्द्र सरकारद्वारा पठाइएको एनआइए टोलीलाई शाखाले स्वागत जनाएको छ | पहाडमा राज्य सरकारको दुई पक्षीय कानुन व्यवस्थालाई एनआईए टोलीले असल प्रकारले छानबीन गरिदियोस भन्ने शाखाको चाहना छ | जबसम्म हामी बङ्गालको दासत्वबाट उन्मुक्त हुँदैनौ तबसम्म हामीमाथि अन्याय र अत्याचार भइरहन्छ | जसको ज्वलन्त उदाहरण बर्तमान बङ्गाल सरकारले षड्यन्त्रपूर्ण ढंगमा जारी नागरिक प्रमाण पत्र हो | यसर्थ हाम्रो एउटै मात्र समाधान छुट्टै राज्य गोर्खाल्याण्ड हो | जुन विकल्पलाई हाम्रो एकमात्र सहासी नेता गोजमुमो अध्यक्ष बिमल गुरुङले मात्र साकार रुप दिन सक्नेछ | यसैले सम्पूर्ण गोर्खाल्याण्डपन्थीहरुलाई हतास र डरपोक नभई अध्यक्षमाथि भरोसा राखेर समर्थन बनाइराख्ने अपिल गर्छौं | क्षणिक लोम र लालचमा परेर आफ्नो छोरा छोरीको भविष्य अन्धकार पार्नु हुँदैन, यस्तो क्षणिक सुखलाई परित्याग गर्दै आफ्नो मूल मुद्दा गोर्खाल्याण्ड हासिल गर्न सबै अडिग भएर भासिदिने हामी निवेदन गर्छौं | हामी गणतन्त्रमा विश्वास गर्छौं | अहिंसाको पुजारी गान्धीजीको पथलाई अनुसरण गर्दै हामी हाम्रो मूल मुद्दालाई बङ्गालको दासत्वबाट उन्मुक्त गर्ने द्रिड संकल्प गर्दछौं | यसर्थ भोलिको न्यानो सुर्यको प्रतिक्षा हामी आफ्नै भुमिमा राखौं भनी गोजमुमो सिम्ले शाखा दार्जीलिंग पहाडभरिको गोर्खाल्याण्डपन्थीहरुलाई अडिग भएर बसिदिने अपिल गर्छौं ||    

गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वमा तीन महिना दार्जीलिंग पहाडव्यापी गोर्खाल्याण्ड आन्दोलन अनि यसको अनिश्चितकालिन बन्दले अस्तव्यस्त पहाडको स्थितिलाई बिराम दिंदै मोर्चा नेता बिनय तामांग अनि अनित

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.