November 11, 202510:52:56 AM

छुट्टै सिन्कोना कर्मचारी संगठन गठन

Drying of Cinchona bark in Mungpoo
विगत १०५ दिनको बन्द अनि गोर्खाल्याण्डको मागले सृजना भएको परिस्थितिमा सरकारको चपेरामा परेर आफुले गर्दै आएको कर्मक्षेत्रनै सुरक्षित नभएको महसुस गरेर, सिन्कोना कर्मचारीवर्गको न्यायको अपेक्षा राख्दै  बर्तमान व्यवस्थाका संचालकद्वय बिनय तामांग अनि अनित थापा प्रति आस्था राख्दै डेलो अनि लालकोठीको भेटघाटमा सिन्कोना कर्मचारीको हितमा एउटा छुट्टै सिन्कोना कर्मचारी संगठन सृजना गरेर सो संगठन मार्फत नै आफ्नो न्यायोचित माग विभागीय अधिकारीवर्गसंग राख्ने अठोट गर्दै सिन्कोना निर्देशक अधिनस्थ प्रथम जोन मनसोङमा गत २४ नोभेम्बरको दिन संगठन गरियो | त्यस सभाले सभापति टेगेन्द्र राई, उपसभापति किशन राई, मूलसचिव सुरेन राई, सहसचिव शुक्र बहादुर शेर्पा, लेखापरिक्षक महेश लामा साथै कोषाध्यक्ष पासांग शेर्पा अनि केन्द्रीय समितिको निम्ति बीबी थापा, रबिन गुरुङ, डोल्मा तामांग, अर्जुन शेर्पा, विधिर तामांग अनि पतिभा तामांगलाई चयन गरिएको छ |
यसरी नै लाठपन्चर सिटोङमा गत १ दिसम्बरको दिन संगठन गरियो जसमा सभापति रतन कुमार सिन्चुरी, उपसभापति रबिन चामलिंग, जंग खवास, मूलसचिव एसके राई, सहसचिव सेवन सुब्बा, राम सुन्दास, कोषाध्यक्ष सलिम प्रधान साथै केन्द्रीय समितिको निम्ति के छेत्री, सीबी तामांग, जीआर गुरुङ, एनके खवास अनि दोर्जी लेप्चालाई चयन गरिएको छ | रोंगो गैरीबासमा पनि गत ६ दिसम्बरको दिन संगठन गठन गरिएको छ जसमा सभापति पेमा लामा, उपसभापति मनेन्द्र छेत्री, मुलसचिव विजय गुरुङ, सहसचिव पासांग तामांग, फुर्बा भोटिया, कोषाध्यक्ष चमेली थापा साथै केन्द्रीय समितिको निम्ति प्रसाद रनपहेंली, भीम सुवेदी, मेकराज गुरुङ, कुमार थापा, राज कुमार गुरुङ अनि दुर्गादास सिलाललाई चयन गरिएको छ | मनसोंग जोन गठनमा पर्यवेक्षकको रुपमा पासांग लामा, मिरेन लामा अनि एनके जैसी उपस्थित थिए भनी सिन्कोना कर्मचारी संगठनको पक्षमा चन्द्रशेखर छेत्रीले जानकारी गराएको छ ||

विगत १०५ दिनको बन्द अनि गोर्खाल्याण्डको मागले सृजना भएको परिस्थितिमा सरकारको चपेरामा परेर आफुले गर्दै आएको कर्मक्षेत्रनै सुरक्षित नभएको महसुस गरेर, सिन्कोना कर्मचारीवर्गको न्यायको अपेक्षा राख्दै बर्तमान व्यवस्थाका संचालकद्वय बिनय तामांग अनि अनित थापा प्रति आस्था राख्दै डेलो अनि लालकोठीको

Read latest post filed under cinchona, mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.