गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपु शाखाको एउटा महत्वपूर्ण सभा यहाँको नालीडाँडा स्थित पार्टी कार्यलयमा गणेश ठकुरीको सभापतित्वमा सम्पन्न भयो | सभामा प्रस्तावना संख्या १ अनुसार एचपीडब्ल्युयु मङपु शाखालाई संसोधन गरिने निर्णय लियो | यसको साथै संसोधनमा कार्यवाहक सभापति बुद्ध लामा, कार्यवाहक सचिव आशिषदीप राई साथै कार्यकारिणी सदस्यवर्गमा विन्ध्या तामांग मंगर, सुनैना राई, मन्जिता गिरी लगायत उपसभापति प्रेम छिरिङ लेप्चालाई लिएर आजको सभाले पुरानो कमिटि यथावत राख्दै नयाँ सदस्यवर्गलाई विभिन्न पदभार दिंदै समावेश गरिएको छ | अबउसो एचपीडब्ल्युयु मङपु शाखाको कार्यक्रमहरु यो नयाँ संसोधित कमिटिले गर्ने निर्णय लिएको छ ||
मङपु शाखा एचपीडब्ल्युयु संसोधन
08Dec2017
Post a Comment