मङपुमा गोजमुमोको नयाँ समष्टि कमिटि गठन

Gorkha Janamukti Morcha flag
गोर्खा जनमुक्ति मोर्चा बिनय तामांग गुट मङपुले पार्टीको पुरानो मङपु लाब्दा समष्टि कमिटि निष्क्रिय रहेको बताउँदै आज एउटा सभा आयोजन गरेर नयाँ कमिटि गठन गरेको छ | यहाँको रेस्ट हाउस बङलोमा बसेको सभामा गोजमुमो समष्टि कमिटि निष्क्रिय भएको बताउँदै अब नयाँ कमिटि अनुशासित ढंगमा चल्ने र सबैले पार्टीको अनुशासनलाई शिरोपर गरेर चल्ने कटिबद्धता लिएर नयाँ कमिटि गठन गरिने कुरो मिरेन लामाले जनाए | अबको नयाँ कमिटि कार्यकर्ताहरुले नितान्त पारदर्शिता र अनुशासनबद्ध भएर कार्य गर्ने सभाले जनाउंदै समष्टि कमिटिको मियाद छ महिना रहने बताए जुन छ महिनाभित्रमा समष्टि कमिटिले असल ढंगमा काम गर्न नसके यसको विपक्षमा अविश्वास प्रस्ताव समेत हाउसले पारित गर्न सक्ने जानकारी सभाले दिएको छ | सभामा नयाँ समष्टि गठन गरिने दिशामा हरेक विभाग अनि वार्डहरुबाट मोर्चा समर्थक अनि नेतृत्वहरुले आ-आफ्नो बिचार पोख्दै कमिटि गठन गर्ने तरिकाहरु बताए पनि अन्तमा यसै सभाबाट नयाँ समष्टि कमिटि गठन गरिएको छ जसमा सभापति एडवर्ड लेप्चा, उपाध्यक्ष मुनाल तामांग, उत्तम मुखिया, सचिव गगन राई, सहसचिव भुपाल थापा, मिलन गुरुङ, कोषाध्यक्ष ग्याल्छेन तामांग, अडिटर रिनेश शेर्पा, सुवास राई, कानुनी सल्लाहकार रन्जित सिन्चुरी अनि कार्यकारी सदस्यहरुमा घनश्याम राई, शरद राई, नरेश शेर्पा, जयपति राई, संजन थापा, सुजम छेत्री, किशन बुडाथोकी, रजित तामांग आदिको नाम उल्लेख गरिएको जानकारी पार्टीको पक्षमा रन्जित सिन्चुरीले एक विज्ञाप्ति मार्फत जनाएको छ ||

गोर्खा जनमुक्ति मोर्चा बिनय तामांग गुट मङपुले पार्टीको पुरानो मङपु लाब्दा समष्टि कमिटि निष्क्रिय रहेको बताउँदै आज एउटा सभा आयोजन गरेर नयाँ कमिटि गठन गरेको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.