गोरामुमो मङपुर विभाग चौरस्ता प्रशाखा गठन

GNLF Mungpoo division flag
गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले आफ्नो संगठन बिस्तारको क्रममा केही दिन अघि यहाँको मङपुर विभाग चौरास्ता प्रशाखा पनि गरेको छ | एलबी गिरीको सभापतित्वमा बसेको औपचारिक सभामा बर्तमान गोरामुमो पार्टीको राजनीति एवम छैटौं अनुसुचिको बारेमा व्यापक छलफल गरिएको थियो | सभामा सुबास घिसिंगको रोड म्यापलाई अनुशरण गर्दै छैटौं अनुसुचि भएर मात्र अन्तिम लक्ष्य गोर्खाल्याण्डसम्म पुगिने वक्ताहरुले उपस्थित समर्थकहरुलाई जनाए | सभामा सर्वसम्मतिमा गठन गरिएको नयाँ कमिटिमा सभापति बीबी राई, उपसभापति गोविन्द मंगर, सचिव आमोश थापा, सहसचिव समीर थापा, कोषाध्यक्ष एलबी गिरी, लेखापरिक्षक प्रदीप थापा, संग्रहकर्ता मणि छेत्री, प्रमुख सल्लाहकारहरुमा जनक समल, सुबास छेत्री, सुबास मंगर, किरण राई, दिपक गुरुङ, श्याम कुमार थापा, विधान सुब्बा, बुद्ध लामा, बिशाल सुब्बा लगायत १५ जनाको कार्यकर्ता लिएर यस कमिटि गठन गरिएको छ |
नव गठित कमिटिलाई सभापतिले छैटौं अनुसुचिको बाटो हुँदै जबसम्म गोर्खाल्याण्ड प्राप्त हुँदैन तबसम्म नै अध्यक्ष मन घिसिंगको हात दह्रिलो बनाइदिने सबैलाई अपिल गरियो ||

गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले आफ्नो संगठन बिस्तारको क्रममा केही दिन अघि यहाँको मङपुर विभाग चौरास्ता प्रशाखा पनि गरेको छ | एलबी गिरीको सभापतित्वमा बसेको औपचारिक सभामा बर्तमान गोरामुमो पार्टीको राजनीति एवम छैटौं अनुसुचिको

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.