रङबी विभागमा गोजमुमो शाखा, युनियन अनि युवा मोर्चा गठन

flag of Gorkha Janmukti Morcha
विगत तीन महिने गोर्खाल्याण्ड आन्दोलनपछि दुई भाग भएको गोर्खा जनमुक्ति मोर्चा पार्टीलाई संगाल्ने क्रममा यहाँको मोर्चा बिनय – अनित गुट रङबी विभागमा गोजमुमो पार्टी, युनियन र युवा मोर्चा पुनर्गठन गर्ने कार्य भएको छ | गत शुक्रबर स्थानीय रङबी प्राथमिक पाठशालामा बीबी मिश्रको सभापतित्व, खरसाङ ब्रान्च कमिटि सांगठानिक सचिव एवम मङपु लाब्दा समष्टि अध्यक्ष एडवर्ड लेप्चा अनि मोर्चा केन्द्रीय समिति सदस्य मिरेन लामाको निगरानीमा गोजमुमो पार्टी, मजदुर युनियन अनि युवा मोर्चा रङबी शाखा समिति गठन गरिएको छ | नव गठित पार्टी रङबी शाखामा सभापति एचडी मोक्तान, उपसभापति अनिल मोक्तान, निर्मल मोक्तान, मूलसचिव जयपति राई, सहसचिव दिनेश लामा, संजय राई, सुन्दर तामांग, सांगाठानिक सचिव पुरण राई, देव कुमार राई, सजित जैरु, कोषाध्यक्ष संजय गुरुङ, प्रमुख सल्लाहकारहरुमा एडवर्ड लेप्चा, बीबी मोक्तान, बीबी मिश्र, आरबी सिंगार आदि, कार्यकारिणी सदस्यहरुमा कैलाश मोक्तान, दुश्यान्त रामुदामु, नत्रबीर तामांग, रोशन तामांग, सरोज राई, सन्दीप तामांग, दिवस ठकुरी चयन गरिएको छ |
यसरी नै नव गठित मजदुर युनियनमा सभापति अमिर बल, उपसभापति संजीव घिसिंग, मूलसचिव गोविन घिसिंग, सहसचिव किशन छेत्री, दिपक ठकुरी, सुमन तामांग, रहरमान राई, कोषाध्यक्ष अविनाश राई, प्रमुख सल्लाहकार एचडी मोक्तान, जयपति राई, ग्याल्छेन तामांग, विज्ञेन मिश्र, सुकचन्द्र राई लगायत दश जनाको कार्यकारिणी सदस्य चयन गरियो | पार्टीको युवा मोर्चामा सभापति गुप्त राई, उपसभापति रोमन मोक्तान, मूलसचिव बिश्वास राई, सहसचिवहरु सचिन गुरुङ, केवल ठकुरी, अमुल डुक्पा, कोषाध्यक्ष जोना बल, प्रवक्ता अशेष रसाइली, सांगाठानिक सचिव प्रविण राई, पुरण ठकुरी, सुरज प्रधान, सल्लाहकारहरुमा अनिल मोक्तान, निर्मल मोक्तान, भागेश्वर राई, दिनेश लामा, संजय राई साथै अन्य कार्यकारिणी सदस्यको रुपमा चयन गरिएको छ | रन्जीत सिन्चुरीले संचालन गरेको सभालाई जयपति राई, बिकास गुरुङ, मिरेन लामा,बिज्ञेन मिश्र आदिले सम्बोधन गरेका थिए ||

विगत तीन महिने गोर्खाल्याण्ड आन्दोलनपछि दुई भाग भएको गोर्खा जनमुक्ति मोर्चा पार्टीलाई संगाल्ने क्रममा यहाँको मोर्चा बिनय – अनित गुट रङबी विभागमा गोजमुमो पार्टी, युनियन र युवा मोर्चा पुनर्गठन गर्ने कार्य भएको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.