३० घर गोजमुमो – टीएमसी समर्थक गोरामुमोमा सामेल

Gorkha National Liberation Front flag
गत शनिबार मङपु राजमान धुरामा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा अनि शिव तामांगको आयोजनामा एउटा महत्वपूर्ण सभा सम्पन्न भयो | सभामा मङपु जोन कार्यकारी सभापति पवन बल, गोरायुमो केन्द्रीय समिति सदस्य शरद थापा, जोन प्रतिनिधि प्रदीप थापा, एचपीडब्ल्युयु सदस्य एमोश थापाको बिशेष उपस्थिति थियो | पहाडको बर्तमान राजनैतिक स्थिति भित्र दल परिवर्तन गर्ने क्रममा राजमान धुराबाट २० घर गोजमुमो अनि १० घर टीएमसी कार्यकर्ताहरुलाई गोरामुमोको झण्डा प्रदान गर्दै गोरामुमोमा स्वागत गर्नुनै सभाको मूल उदेश्य थियो | अत: सभामा मङपु राजमान धुराका २० घर गोजमुमो समर्थकहरुले कार्यकारी सभापति पवन बलको बाहुलीबाट हरियो झण्डा ग्रहण गरे भने १० घर टीएमसीहरु पनि गोरामुमोमा सामेल भएका छन् | सामेल हुने नयाँ सदस्यहरुलाई स्वगात जनाउदै धुराबासीले सही समयमा सही निर्णय लिएको शरद थापाले बताउंदै अब उसो दार्जीलिंग पहाडमा गोरामुमोले नै आफ्नो वर्चस्व कायम राख्ने बताए | पहाडको सबै पार्टीहरु धराशय भइसकेको छैन, गोरामुमो मात्र एउटा सशक्त पार्टी हो अनि गोरामुमोसित भएको छैटौं अनुसुचिले मात्र पहाडका गोर्खाहरुलाई सठीक मार्ग निर्देशन गर्न सक्ने अवगत गराए | सुबास घिसिंगको नेतृत्वकालमा गोर्खाहरुले नागरिकता पाए, गोर्खाहरुलाई नागरिकता दिलाए अब छैटौं अनुसुचिले गोर्खा भुमिलाई मुक्ति दिलाउने ठोकुवा गर्दै पवन बलले अब जनता दिग्भ्रमित भएर यता उता कुदिरहनु नहुने बताए | आफुलाई गोरामुमोले बलजफ्ती एकसमय झण्डा त्याग्नु लगाएको थियो तर यसपाली उनीहरु स्वयले झण्डा ग्रहण गर्ने माहोल तयार पारिदिएर आफ्नो पुरानो घरमा फर्किने मौका दिएको सत्यतालाई बलले सभामा सबैलाई अव्गात गराए | गोर्खाल्याण्डको निम्ति जनताले तन मन धनले सघाए पनि नेताहरुले गोर्खाल्याण्डलाई मागी खाने भाँडो बनाएर जनतालाई १०४ दिन जस्तो अविवेकीय आन्दोलन गरेर धेरै प्रताडना दिए तर अन्तमा जीटीए दुईमा नेता हुने काम गरे भन्दै गणत्रान्त्रिक आन्दोलन गर्छु भन्ने जंगल पसे, तीन नेताहरु गोर्खाको नाममा धब्बा साबित भएको बताउँदै बलले त्यस्ता नेताहरुलाई अब समय दिन नहुने बताए | अन्तमा राजमान धुरा, किम्बु धुरा, राउने डांडा परिसरलाई मिलाएर एउटा प्रशाखा गठन गरियो जुन कमिटिमा सभापति शरण राई, उपसभापति किशन सुब्बा, अशोक छेत्री, सचिव अर्जु राई, सहसचिव शनिर राई, दिलिप छेत्री, कोषाध्यक्ष पवेन्द्र थापा, कार्यकारिणी सदस्यहरुमा श्याम कुमार आले, सजल राई, सुसन थापा, अजय छेत्री, सन्दीप थापा, गंगालाल मंगर, मदन कुमार मंगर, कुवीर मंगर, नन्दलाल गिरी आदिको नाम उल्लेख गरिएको छ भने सल्लाहकार एवम शाखा प्रतिनिधिमा शिव कुमार तामांग चयन गरिएको छ || 

गत शनिबार मङपु राजमान धुरामा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा अनि शिव तामांगको आयोजनामा एउटा महत्वपूर्ण सभा सम्पन्न भयो | सभामा मङपु जोन कार्यकारी सभापति पवन बल, गोरायुमो केन्द्रीय समिति

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.