सिम्ले धुरामा छैटौं अनुसुचि हस्ताक्षर दिवस पालन

GNLF to observe Sixth Schedule agreement accord day on Dec 6
विगत २००५ सालको ६ दिसम्बरको दिन त्यस्ताकका पश्चिम बङ्गाल मुख्यमन्त्री बुद्धदेव भट्टचार्जी, केन्द्रीय गृहमन्त्री शिवराज पटेल अनि दागोपाप सुप्रिमो सुबास घिसिंगले त्रीपक्षीय बैठक बसेर दार्जीलिंगको समस्या समाधान गर्न छैटौं अनुसुचिमा सम्झौता साथै हस्ताक्षर गरेका थिए | गोरामुमो पार्टीले यसै दिनलाई छैटौं अनुसुचि सम्झौता अथवा हस्ताक्षर दिवस भनेर विभिन्न स्थानहरुमा सम्झौता दिवस पालन गरे | यसरी नै मङपुमा पनि गोरामुमो सिम्ले शाखा अनि जीएनडब्ल्युओ, जीएनवाइएफको संयुक्त आयोजनामा उक्त दिन सम्झौता दिवस पालन गरेको छ | गोरामुमो केन्द्रीय समितिको धारावाहिक कार्यक्रम अनुसार सिम्ले धुरा, मङपुमा पालन गरिएको सम्झौता दिवसमा शाखा सभापति रतन राईको अध्यक्षता रहेको थियो | कार्यक्रममा खरसाङ ब्रान्च कमिटि सदस्य आरबी प्रधान अनि केबी गुरुङ, मङपु जोन सभापति चमनसिंह प्रधान, कार्यकारी सभापति पवन बल, सचिव मिलन शेर्पा, जीएनडब्ल्युओ सभापति सरिता तामांग, सचिवा रेखामणि राई, मङपु लाठ युथ कन्भेनर ज्ञानदीप राई आदिको बिशेष उपस्थिति रहेको थियो भने मङपु जोन अन्तर्गत पर्ने शाखा प्रशाखाका सचिव – सभापति लगायत लाठ सिटोङ, घलेटार आदि क्षेत्रबाट पनि कार्यकर्ताहरु भेला भएका थिए | अर्पणदीप थापाले संचालन गरेको कार्यक्रममा गोरामुमो संस्थापक अध्यक्ष स्व० सुबास घिसिंगको तस्वीरमा दिप प्रज्वलन गरेर समर्थकहरुले हर्षोल्लासको साथ उक्त दिवस पालन गरे | सम्झुता दिवस पालन गर्नुको कारण स्पष्ट पार्दै शिव गुरुङले बर्तमानमा भ्रमको राजनीतिमा परेर गोर्खाहरुले दु:ख पाएको बताए | उनले सबै जनतालाई यसरी भ्रममा नपरी अब गोरामुमोलाई साथ दिंदै छैटौं अनुसुचि अन्तर्गत दार्जीलिंग पहाडलाई अन्तर्भुक्त गरिनु पर्ने अपिल गरे | केवल छैटौं अनुसुचिनै गोर्खाल्याण्डसम्म पुग्ने सुगम बाटो हुँदाहुँदै पनि कतिपय स्वार्थी नेताहरुको होरेमा परेर विगत दिनमा विरोध गरेकै कारण जनता १०५ दिन जस्तो बन्द भोग्न परेको हो भन्दै रेखामणि राईले छैटौं अनुसुचिबाट नै गोर्खाल्याण्ड हुने ठोकुवा गरिन | गोरामुमोको गठनकालदेखिनै दिलोज्यान दिएर खट्ने अनि गोर्खाल्याण्ड आन्दोलनकालमा सक्रीय भूमिका निर्वाह गर्ने रविप्रसाद राईले २००७ सालदेखि शुरु भएको गोर्खाल्याण्ड आन्दोलनले गोर्खाहरुलाई टुंगोमा पुर्याउँछ भन्ने विश्वास नभएको बताए | गोर्खाको माटोको समधान हेतु आफुले पनि धेरै संघर्ष गरेको अनि छैटौं अनुसुचि विषय बताउँदा जनताले बुझ्नै नचाहेको कुरा राईले स्पष्ट राखे | सुबास घिसिंगको नेतृत्व =मा गोरामुमो जिल्ला कमिटिको सचिव अनि १९८६ को गोर्खाल्याण्ड आन्दोलनवाहक युसी योन्जनले आफ्नो वक्तव्यमा दार्जीलिंगको राजनैतिक तोर्माहरुले गोर्खाल्याण्ड विषय सरकारलाई सठीक बुझाउन नसकेको जनाए | माटोको आन्दोलन र बिकाशलाई गुन्द्रुक मुछाई गरेर राजनीतिलाई नेताहरुले धमिलो बनाइरहेको छ भन्दै बंगालपन्थी नेताहरुले बिकाश अनि जातिपन्थी नेताहरुले माटो र उन्मुक्तिको काम गर्ने बताए | गोर्खा प्रमाणपत्र, गोर्खाभर्ती माथि बोल्दै सचिव मिलन शेर्पाले दागोपापमा भएको क्षमता जनसमक्षमा राखे | यसरी नै जोन अध्यक्ष चमनसिंह प्रधानले छैटौं अनुसुचिको क्षेत्र, बैधानिकताहरुलाई जनसमक्ष प्रस्तुत गर्दै सम्पूर्ण गोर्खाले नै छैटौं अनुसुचिलाई अध्ययान गर्नु पर्ने बताए | लुटार नेताहरुको झुटो प्रलोभनमा नफँसेर एकपल्ट गोरामुमोलाई मौका दिंदै छैटौं अनुसुचि भित्राउन सबैले सहयोग गर्नुपर्ने पनि तिनले थप जनाए | अर्का वक्ता कार्यकारी अध्यक्ष पवन बलले पनि स्व सुबास घिसिंगले जाति, भाषा, संस्कृति, माटो अनि जातीय उन्मुक्तिको निम्ति कुनै कसर बाँकी नराखेकोले यो समय गोर्खा जातिले तिनको जय जयकार गर्नु पर्ने बताए | भारतको केन्द्र सरकारले छैटौं अनुसुचि लागु नगर्दा अनि पश्चिम बङ्गालले आफ्नै हस्ताक्षरको महत्व नबुझेर जीटीए जस्तो व्यवस्थामा गोर्खाहरुलाई भुलाउने प्रयास गर्दा नै सरकारले बङ्गालको कोष रित्याउनु पर्ने, पहाडमा सीआरपीएफ खनाउनुपर्ने परिस्थिति आइपरेको हो | यसैले हामीले ६ दिसम्बर २००५ मा भएको  सम्झौता पालन गरिरहेका छौँ तर सरकारले आफ्नो हस्ताक्षरलाई पालन गर्दै पहाडमा छैटौं अनुसुचि अविलम्ब लागु गरिनुपर्छ अनि सबै रहेका जातिहरुलाई जनजातिको मर्यादा दिइनुपर्छ भन्दै बलले थप जनाए | यसरी नै ज्ञानदीप राई, शरद थापा, अनुप गुरुङ आदिले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए ||

विगत २००५ सालको ६ दिसम्बरको दिन त्यस्ताकका पश्चिम बङ्गाल मुख्यमन्त्री बुद्धदेव भट्टचार्जी, केन्द्रीय गृहमन्त्री शिवराज पटेल अनि दागोपाप सुप्रिमो सुबास घिसिंगले त्रीपक्षीय बैठक बसेर दार्जीलिंगको समस्या समाधान गर्न छैटौं अनुसुचिमा सम्झौता साथै हस्ताक्षर गरेका थिए |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.