विधालय परिसरमा धुम्रपान गर्न अनि बिक्री गर्न नहुने विषयलाई प्रमुखता दिँदै शैक्षिक संस्थान ज्ञानपीठ उच्चतर माध्यमिक विधालयमा धुम्रपान निषेध सचेतना कार्यक्रम सम्पन्न भयो | विधालय प्रधान अध्यापक बिके गुरुङको अध्यक्षता साथै दार्जीलिंग जिल्ला प्रशासनद्वारा निर्देशित उक्त कार्यक्रममा विधार्थीवर्गले शिक्षक – शिक्षिकावर्गको अगुवाईमा विधालयको एक सय मिटर परिधिभित्र धुम्रपान निषेध सचेतना रयालीको आयोजना गर्दै धुम्रपान सेवन तथा बिक्री माथि प्रतिबन्ध गरिएको साथै उक्त प्रतिबन्धलाई कसैले उल्लंघन गरे धुम्रपान निषेध कानुन २००३ धारा २४ अनुसार दण्डनीय अपराध मान्दै रुपियाँ २००० जरिमाना स्वरूप तिर्नपर्ने जानकारी सबैलाई गराएको छ | मङपुको यस विधालय सर्व शिक्षा मिशन दार्जीलिंगद्वारा “शिशु मिटर विधालय पुरस्कार” को निम्ति पनि मनोनित भएको हुनाले आज कलकता निरीक्षण टोलीले परिभ्रमण गरेको थप जानकारी पनि विधालय प्रधान अध्यापक गुरुङले जनाएका छन् ||
Post a Comment
We love to hear from you! What's on your mind?