गोजमुमो मङपु लाब्दा समष्टिको अनुमोदन सभा

Gorkha Janmukti Morcha Official flag
गोर्खा जनमुक्ति मोर्चाको नव गठित मङपु लाब्दा समष्टि कमिटिको अनुमोदन सभा कमिटि सभापति एडवर्ड लेप्चाको सभाध्यक्षतामा यहाँको पीडब्ल्युडी बङलोमा सम्पन्न भयो | सभामा समष्टि कमिटि मूल सचिव गगन राईले विगत सभामा पारित प्रस्तावनाहरुलाई पठन गरेका थिए साथै सचिव राईले नयाँ कमिटिमा मिरेन लामालाई प्रमुख सल्लाहकारको रुपमा चयन गरिनु पर्ने पनि प्रस्ताव राखे बमोजिम सर्वसम्मतिले लामालाई प्रमुख सल्लाहकारको रुपमा चयन गर्यो | गत २० नोभेम्बरको दिन गठन गरिएको नयाँ समष्टि कमिटिलाई केन्द्रीय समिति सदस्य मिरेन लामाले नै अनुमोदन गरे | यसरी नै सभामा पार्टीको भात्रृ संगठनहरु युवा, नारी मोर्चा, ट्रेड युनियन आदिको पुनर्गठन बारे पनि चर्चा भयो जसको निम्ति आगमी सप्ताह भित्र नारी मोर्चा साथै युवा मोर्चासंग बसेर सो बिषयमा पूर्ण छलफल गरिने सभाले निर्णय लियो | पार्टीको भात्रृ संगठनहरु मध्ये ट्रेड युनियन मुख्य हुनको कारण यसलाई सशक्त बनाउनलाई झट्टै प्रक्रिया शुरु गरिने र शाखा समितिदेखि जोनल हुँदै केन्द्रीय समिति निर्माणको निम्ति एउटा बिशेष खाका तयार गरियो भने केन्द्रीय समिति ट्रेड युनियनको निम्ति सदस्यहरुको नामावली पनि सभाले चयन गर्यो | विगतमा मङपु लाब्दा समष्टि भित्र जे जति बिकाशका कार्यहरु भए ती कार्यहरु सन्तोषजनक र न्यायपूर्ण नभएको साथै कतिपय शाखाहरुले ती बिकाशमुलक कार्यहरुबाट बन्चित रहन परेको विषयलाई लिएर मिरेन लामाले सम्बोधन गर्दै आगमी भविष्यमा त्यस्ता कार्यहरु गर्दा समष्टि कमिटिभित्र सामुहिक छलफल भएर मात्र बिकाशकार्यको प्रमुखता सुची तयार गरिनु पर्ने सुझाव राखे साथै सर्वसम्मतिले उक्त सुझाव एवम प्रस्तावलाई पारित गरेको छ ||

गोर्खा जनमुक्ति मोर्चाको नव गठित मङपु लाब्दा समष्टि कमिटिको अनुमोदन सभा कमिटि सभापति एडवर्ड लेप्चाको सभाध्यक्षतामा यहाँको पीडब्ल्युडी बङलोमा सम्पन्न भयो | सभामा समष्टि कमिटि मूल सचिव गगन राईले विगत सभामा पारित

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.