गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टिका पूर्व सचिव अथवा बिमल गुरुङ समर्थक रतन लामाको घरमा गत बिहिबार राती बङ्गाल पुलिसले रेड गर्दै तोडफोड गरेको आरोप सचिव लामाले लगाएको छ | राती रेड गरेर आफुलाई घरमा नभेटेपछि तोडफोड गर्दै घरमा आफ्नो पत्नी र ८० वर्ष नाघेका वृदा आमा भएको घरमा अभद्र व्यवहार गर्दै शुक्रबार ११ बजेसम्म आत्मा समर्पण गर्दै बिनय तामांगलाई समर्थन नगरे घर जलाई दिने धम्की दिएको परिवार सुत्रले जनाएको छ | यसको साथै बौद्ध धर्मावालाम्बी भएकोले घरको लासेममा चडाएको आइफल धरी खाइदिएको आरोप छ भने ती पुलिसकर्मीहरु मातेको अवस्थामा आएको परिवार पक्षको भनाई छ | यता सचिव रतन लामाले घटनामाथि दु:ख प्रकट गर्दै गोर्खाल्याण्डको आन्दोलनमा अग्रसर भएपनि त्यहाँदेखि यता बिनय अनितको लहर आएपछि आफुहरुले कुनै संगठन नगरेर चुपचाप बसेको अवस्थामा पनि प्रशासनले यसरी दुर्व्यवहार गर्नु गणतान्त्रिक देश भारतमा गणतन्त्रको हनन गर्नु साथै मानव अधिकारको हनन गर्नु हो भनी जनाएको छ | यसरी चुपचाप बस्दा पनि पुलिसको रेड र तोडफोड गर्ने कार्यले शान्त परिवेशलाई अझ भंग गर्दै क्षेत्रलाई नै आतंकित पार्ने अनि गाउँ बस्तिका सिधा सोझा जनता अझै पनि असुरक्षित अनुभव गर्नु पर्ने स्थिति आएको तिनको भनाई छ | यसैले पुलिस प्रशासनले यसरी निर्दोष मानिसहरुलाई सताउदै रेड गरेर तोडफोड गर्ने जस्ता अमानवीय कार्यहरु बन्द गर्नुपर्छ भनी माग गरेको छ ||
मङपुमा बिमल समर्थक पार्टी सचिवको घरमा पुलिसद्वारा तोडफोड गरेको आरोप
04Mar2018
Post a Comment