मङपू डिन्छेन् शेरप छोयलिङ गुम्बामा ८ छ्या ङन्युने ब्रत गुम्बाकै धर्मगुरु टुल्कु जिग्मी दोर्जीको अगुवाईमा गत १४ मई देखि शुरु भएको थियो भने भोली बुधवार ३० मईको दिन सिक्किम देउराली गुम्बाबाट आएका धर्मगुरु कुनसांङ तेनपे ग्याल्छेन (लाछुङ रिन्पोछे)को बाहुलीबाट अभिषेक वितरण गरिने भएकोले गुम्बा पुजा आयोजक समितिले सम्पूर्ण भक्तजनहरुलाई हार्दिक स्वागत जनाएका छन् | यसरी आज सागादावा पूर्णिमाको अवसरमा भगवान बुद्धको प्रतिमा अनि पुस्तकलाई टाउकोमा लिएर भक्तजनहरुले नगरपरिक्रमा गरे | पुजा ङन्युने ब्रत अवधि मयसुरबाट आएका धर्मगुरु खेम्पो काजी लामाले भक्तजनहरुलाई मिठा ज्ञानवर्दक प्रवचनहरु सुनाए | ८ छ्या ङन्युने ब्रत पुजामा सहयोग गर्ने सम्पूर्ण जिन्दाहरुलाई गुम्बाका धर्मगुरु पालजोर लामाले आभार व्यक्त गरेका छन | यसपल्ट मङपु,सिटोङ, तक्दा टिस्टाभेल्ली ,दार्जीलिंङ,कालेबुङ,डुवर्स आदि क्षेत्रबाट कार्पो छ्यौगे न्युने ब्रतमा भक्तजनहरु उपस्थित थिए |
मङपू गुम्बामा कार्पो छोयोगे ङन्युने ब्रत समापन, बुधवार रिम्पोछेले अभिषेक दिने
29May2018
Post a Comment