सिन्कोना सहव्यावस्थापक वार्नाली बिश्वासलाई लाब्दा विभागमा स्वागत

Cinchona Plantation Assistant Manager Barnali Biswas in Labdah Division
धेरै वर्ष अघिदेखि सरकारी सिन्कोना बगानमा रिक्त रहेका सहव्यवस्थापक पदहरुमा विगत वर्षको पीएससी परिक्षाद्वारा सहव्यावस्थापकहरुको नियुक्ति गरिन थालिएको छ | यसै सिलसिलामा हाल मङपु सिन्कोना बगानमा उज्ज्वल कुमार पति अनि बर्नाली बिश्वासको नाम सहव्यवस्थापकको रुपमा प्रकाशमा आइरहेको छ | सहव्यवस्थापक पदमा नियुक्ति पाएर आएका उज्ज्वल कुमार पतिलाई गत विश्व पर्यावरण दिवसको दिन लाब्दा सिन्कोना विभागमा बगान मजदुर एवम कर्मचारीहरुले स्वागत जनाएका थिए भने अर्का सहव्यवस्थापक बर्नाली बिश्वासलाई पनि आज लाब्दा विभागमा बिहानको गन्ति उठाउने समयमा भब्य स्वागत जनाइयो | यस अवसरमा विभागीय ग्याङमेन, चप्रासी, दफादर साथै विभागीय सिन्कोना मजदुर, कर्मचारीहरुले खादा अर्पण गर्दै सश्रद्धा स्वागत जनायो | स्वागत कार्यक्रमपछि विभागीय ग्याङमेन एमबी रसाइलीले सिन्कोना मजदुर, कर्मचारीलाई कसरी काममा खटाइन्छ, कसरी गन्ति उठाइन्छ सो बारे व्यवहारिकतामा सहव्यवस्थापक बर्नाली बिश्वासलाई बिहान गन्तिको समय हेर्न सक्ने सुअवसर मिलाएका थिए | सहव्यवस्थापक पद नियुक्ति लिएर आएकी बर्नाली विश्वासले गत ४ जूनदेखि नै आफ्नो कार्यभार सम्हाली सकेको साथै तिनले लाब्दा, मङपु र रङबी सिन्कोना विभागलाई हेर्ने जानकारी प्राप्त भएको छ | यता यसै महिनादेखि भकाभक सहव्यवस्थापकहरुका नियुक्ति भएको देखेर सिन्कोना मजदुर, कर्मचारी साथै सम्पूर्ण सिन्कोनाबासीले नै अब सिन्कोनामा केही राम्रो हुनसक्ने अड्कल काटिरहेका छन् ||   

धेरै वर्ष अघिदेखि सरकारी सिन्कोना बगानमा रिक्त रहेका सहव्यवस्थापक पदहरुमा विगत वर्षको पीएससी परिक्षाद्वारा सहव्यावस्थापकहरुको नियुक्ति गरिन थालिएको छ | यसै सिलसिलामा हाल मङपु सिन्कोना बगानमा उज्ज्वल कुमार पति अनि बर्नाली बिश्वासको नाम सहव्यवस्थापकको रुपमा प्रकाशमा आइरहेको छ |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.