सिन्कोना समस्याको समाधान खोज्दै लालकोठी पुगे प्रतिनिधि टोली

Cinchona Plantation Workers Union in GTA Lalkothi
सिन्कोना प्लान्टेशन वकर्स युनियन, केन्द्रीय समितिको एउटा प्रतिनिधि टोलीले जीटीएको सेक्रेटरियट लालकोठीमा जीटीए प्रिन्सिपल सेक्रेटरी, सेक्रेटरी अनि बीओए उपाध्यक्ष अनित थापासंग सौहार्दपूर्ण वातावरणमा सिन्कोना बगानमा धेरै वर्ष अघिदेखि थाँतीमा रहेर बगानको जटिल समस्यामा परिणत भइसकेको स्थायी श्रमिकदेखि ग्रुप डीमा एब्जर्ब गरिनपर्ने विषयमा भेटवार्ता गरियो | युनियनको पक्षबाट समस्या समाधानको माग गरियो भने हालमा उक्त प्रक्रिया चालु नहुनाले बगानमा ठुलै असर परिरहेको जानकारी पनि गराइयो र यस प्रक्रियालाई चाडो समाधान गरिनपर्ने माग युनियनले राख्यो | यस विषयमा जीटीएका उच्च अधिकारीवर्ग पनि गम्भीर रहेको अनि बगानको हितलाई मध्यनजर राख्दै यस समस्याको समाधान निकाल्न आवश्यक रहेको जानकारी गराए | बीओए उपाध्यक्ष अनित थापाले पनि सिन्कोनाको यो समस्या एकदमै जटिल हुँदै गइरहेकोले सिन्कोना बगान अनि बगानबासीको हितमा चाडै समाधान सुत्र निकाल्न आफुहरु लागी परेको जानकारी युनियनलाई दिए र चाडै यसको समाधान निस्कने आश्वासन दिएका छन् |
सिन्कोना प्लान्टेशन वकर्स युनियन केन्द्रीय समितिको यस माग प्रति सकारात्मक पहल अघि बढाउँदै जीटीएका सेक्रेटरी सी मुर्गन आउँदो १४ जून मा निर्देशकको कार्यलय मङपुमा आइ यस विषयमा निर्देशक अनि सिन्कोना प्लान्टेशन वकर्स युनियनका प्रतिनिधिहरुसंग उक्त समस्याको समाधानार्थ छलफल गर्ने सेक्रेटरीले बचन दिएका छन् | बगानको यस जटिल समस्या समाधानार्थ वार्ता खोलिएको हुनाले युनियनले निर्देशक संग राखेको १० दिनको अल्टिमेटमलाई हाल स्थगित गरिएको छ | तथापि यी वार्ताहरुमा समस्याको समाधान ननिस्किए युनियनले उक्त कार्यक्रम अवश्यै मैदानमा उतार्ने छ |
भेटवार्तामा टोलीलाई मिरेन लामा, गोजमुमो केन्द्रीय समिति सदस्यले अगुवाई गरेका थिए भने यसै युनियनका सभापति, कार्यकारी सभापति, उपसभापति, मूल सचिव, खजांजी अनि कार्यकारी सदस्य क्रमैले एनएस गुरुङ, गगन राई, बिराट गुरुङ, अमृत खड्का, जयपति राई अनि सन्जीब घिसिंग उपस्थित थिए | साथै गोजमुमो मङपु लाब्दा समष्टिको पक्षबाट मूल सचिव गगन राई, उपसभापति मुनाल घिसिंग, प्रवक्ता रन्जित सिन्चुरी पनि उपस्थित थिए भने सिन्कोना प्लान्टेशन वकर्स युनियन मङपु जोनल समितिका सभापति अनि प्रवक्ता किशन बुडाथोकी साथै रिनेश शेर्पा पनि उपस्थित रहेको युनियनले एक विज्ञप्ति मार्फत जनाएको छ ||

सिन्कोना प्लान्टेशन वकर्स युनियन, केन्द्रीय समितिको एउटा प्रतिनिधि टोलीले जीटीएको सेक्रेटरियट लालकोठीमा जीटीए प्रिन्सिपल सेक्रेटरी, सेक्रेटरी अनि बीओए उपाध्यक्ष अनित थापासंग सौहार्दपूर्ण वातावरणमा सिन्कोना बगानमा धेरै वर्ष अघिदेखि थाँतीमा रहेर बगानको जटिल समस्यामा

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.