गत शुक्रबार स्थानीय रोय बङलोमा गोजमुमो मङपु लाब्दा समष्टिको एक सांगठानिक सभा समिति सभापति एडवर्ड लेप्चाको सभापतित्वमा सम्पन्न भयो | सभामा महकुमा समिति महासचिव अनोश थापा, कार्यकारिणी सदस्य एमबी घलेको पनि उपस्थिति रहेको थियो | सभालाई सम्बोधन गर्दै नव नियुक्त संगठानिक सचिव राम पोख्रेलले आफु विगत १०४ दिनको आन्दोलनमा पनि गोर्खाल्याण्ड प्राप्तिको निम्ति सक्रिय रुपमा लागी परेको जनाउँदै समग्र मङपु लाब्दा समष्टिका कार्यकर्ता एवम पदाधिकारीगणलाई संगठन विस्तारको निम्ति पुन: सक्रीय रुपमा आघि आउने आह्वान गरे | यसरी नै केबी गिरी पुर्व शिक्षकले पनि संगठनमा नेतृत्व परिवर्तन मात्र भएको हो पार्टी बिभाजन भएको होइन भने | तिनले अझ भने, त्यस समय केवल बङ्गालको बिरोध भएकोले गोर्खाल्याण्ड हुने अवस्था थिएन | सुबास घिसिंगको पालामा पनि छुट्टै राज्य नहुनुको कारण कालेबुंग भुटान लीजहोल्डल्याण्ड भएकोले हो | जबसम्म यी दुई भूभागको छिनो फानो हुँदैन तबसम्म गोर्खाल्याण्ड राज्य सम्भव छैन | जति बेला बिमल गुरुङले जानजातिको मुद्दा उठाए त्यस समय गोर्खाल्याण्ड प्राप्तिको सही बाटो पैलाएका थिए | पछि भाषिक आन्दोलनको नाममा गन्जागोल गरेको कारण आन्दोलन विफल भयो तिनले थपे | अनोश थापाले पनि सम्बोधनमा मङपुमा शिक्षा फल्छ, समाज उत्थानको भावना फल्छ | २००७ सालमा गोजमुमोको स्थापना भएपछि गोर्खाल्याण्ड छुट्टै राज्य प्राप्तिको माग संगै पर्जा पट्टाको बिषय पनि उठाएको हो | बङ्गाल सरकारको निर्णय अनुरुप भुमिहिनहरुलाई ३ कठ्ठा जमीन प्रदान गर्ने निर्णयलाई स्वागत जनाउँदै आफूहरु अघि बडेको थापाले बताए | ममता ब्यनार्जीलाई गोजमुमोको झण्डा लिएर स्वागत जनाउनु बङ्गाल सरकारसंग कुटनैतिक सम्बन्ध राम्रो बनाउनु हो | पार्टीले नयाँ पुरानो छुटाउनु हुँदै तर दक्षता अनुसार पदभार सुम्पेको बताए | सभामा अनित खातीलाई युवा मोर्चा केन्द्रीय समितिमा सांगठानिक सचिव पदमा नियुक्त गरिएको जानकारी पनि गरियो | बिशाल डुक्पा समष्टि कमिटिका पुर्व उपाध्यक्षलाई सोही पदमा राखिएको जानकारी सचिव गगन राईले दिए | समष्टि कमिटिका पुर्व पदाधिकारीगणलाई नारी मोर्चाबाट केन्द्रीय समितिमा अनि म्ह्कुमा समितिमा पदासिन गराइने घोषणा भयो | यसै क्रममा मङपुमा राज्य विश्व विधालय निर्माण गरिने घोषणा गरेकोमा मुख्यमन्त्री ममता ब्यनार्जी, बीओए अध्यक्ष उपाध्यक्ष प्रति समग्र मङपुबासीको पक्षमा सभाले धन्यबाद प्रकट गरे | सभामा नारी मोर्चा पुर्व सभानेत्री मिरा दाहाल, बुनु थापा, जयन्ता गिरी, तुलसा सिंगौरे, रुपमणि पाख्रीन, गीता भारती, मुनु खाती, सुष्मा राई, कल्याणी राई, शोभा मंगर, शसिया राई, भूतपूर्व सैनिक मोर्चाबाट बलिन्द्र ब्लोन, अनुप राई, जीएम बल, पेमा वाङदी तामांग, मणिप्रसाद राई, बिशाल डुक्पा, भोट कुमार गुरुङ, निर्मल थापा, सिदार्थ राई, रबिन लोहार, जीबी राई, कमल छेत्री, बीरबल राई लगायत विभिन्न शाखा प्रशाखाबाट व्यापक रुपमा जनसहभागिता रहेको जानकारी समष्टि कमिटिको पक्षमा कपिल लोहारले दिएका छन् ||
मोर्चा मङपु लाब्दा समष्टि कमिटिको सभा सम्पन्न
02Jun2018
Post a Comment