Fallen Banyan tree at mungpoo sano chowrastha

सानो चौरस्थामा रुख ढलेर सडक बाधित

आज बिहान प्राय: ९.३० बजेतिर अचानक मङपु विभाग सानो चौरस्था स्थित ठुलो बरको रुखको एउटा अंश ढलेर सडक बाधित बनेको छ | बिहान पख कुनै हावा तुफान नचली ढलेको रुखले समयलाई आश्चर्यचकित बनाएको छ | यहाँको सन्त जोसेफ स्कूल अनि चुलीथुम्का जाने बाटो अनि मन्दिरकै नजिक रहेको बरको रुख मङपुबाट कुवापानी हुँदै राष्ट्रीय राजमार्ग १० झर्ने सडक बिचमै ढलेपनि त्यस समय भाग्यवश कुनै गाडीहरु नचलेकोले कुनै दुर्घटना हुन सकेन | यसको साथै ढलेको रुखले नजिकैको एउटा घरको गेट अनि सडकको किनारमा अवस्थित चौतारोलाई केही क्षति पुराएको भए पनि अन्य ठुलो क्षति भने देखिएको छैन | यस सडक भएर मङपुबासी मात्र होइन तर दार्जीलिंगतिरबाट सिलिगुडी जाने गाडीहरु साथै तराई डुवर्सबाट दार्जीलिंग धाउने गाडीहरु पनि चल्ने भएकोले बिहानसम्म साम्य रहेको सडक अचानक रुख ढलेर थुनिएको छ | यधपि यो सडक बन्द भए पनि अर्को वैकल्पिक सडक भालुखोप भएर हाइवे झर्न सकिन्छ | स्थानीय ग्रामबासी टीबी लेप्चाले बताए अनुसार घटना स्थलमा आज आइतबार परेको कारण कुनै दुर्घटना नभएको यसकरण बताएको छ कि अन्य दिनहरुमा सन्त जोसेफ स्कुलका नानीहरु यही सडक अनि चौतारोमा हुने गरेको साथै सडकको किनारमा स्कुलमा नानी पुराउन आउने भ्यानहरु राखिने हुनाले आज ठुलो दुर्घटना साथै ज्यानको क्षति हुनदेखि बाँचेको बताएको छ | घटनापछि स्थानीय मानिसहरुले रुखलाई हटाउने कोशिश गरेपनि ढलेको रुख निक्कै ठुलो भएको कारण बन्चरोले टुक्राउन नसकिने स्पष्ट देखिएको छ भने सिन्कोना विभागभित्र आइपरेको असुविधालाई हेर्दा सिन्कोनाको पक्षबाट इलेक्ट्रोनिक आरा उपलब्ध गराएर चाडै बाटो सफा राख्न सके सर्वजनहितको काम हुने देखिएको छ ||

Banyan tree damages chautara
Fallen baniyan tree mungpoo effects gate
damaged banyan tree

आज बिहान प्राय: ९.३० बजेतिर अचानक मङपु विभाग सानो चौरस्था स्थित ठुलो बरको रुखको एउटा अंश ढलेर सडक बाधित बनेको छ | बिहान पख कुनै हावा तुफान नचली ढलेको रुखले समयलाई आश्चर्यचकित बनाएको छ |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.