मङपु विभागको परिचित सिम्ले युनाइटेड बोइज क्लबको सक्रियतामा सप्ताहव्यापी सफाई अभियान अन्तर्गत आज पहिलो दिनको अभियान सम्पन्न भयो | आजको कार्यक्रममा क्लबले गाउँ मुलसडकदेखि गाउँ पस्ने कामीडाँडादेखि धारे गोदामसम्म साफ सफाई गर्यो | यस क्लबको सक्रियतालाई अझ होमाहैंसे मिलाउन स्थानीय गाउँले, केही चालकवर्ग साथै क्लबका बरिष्ठ खेलाडीहरुले पनि सहभागिता दिएका थिए | यही सफाई अभियानमा स्थानीय दिदी बहिनीहरुले पनि चिया, बिस्किट, पानी साथै काँक्रा केराआदि उपलब्ध गराई अभियानरत कर्मीहरुलाई सहयोग पुराएका थिए | अब दोश्रो दिनको सफाई अभियान भोलि अर्थात सोमबार हुने जानकारी क्लबको पक्षमा अरिफ मंगरले दिएका छन् भने उक्त दिन पुन: धारेगोदामदेखि साफ सफाई हुने भएको छ | यसैले सिम्ले युनाइटेड बोइज क्लबले त्यस दिन आफ्नो गाउँ समाजलाई केही गरौँ भन्ने सोंच राख्ने सम्पूर्णलाई नै आफ्नो सहभागिता दिनसक्ने पनि बताएका छन् | सिम्ले युनाइटेड बोइज क्लब मङपु विभागको मात्र नभएर समस्त मङपु क्षेत्रमा नै विगतदिनहरुमा विभिन्न लात्तेभकुण्डोको आयोजना गरेर प्रसिद्धि कमाइसकेको एउटा क्लब हो जसले खेलकुद संगसंगै आफ्नो गाउँ समाजको स्वच्छ वातावरण साथै अन्य सामाजिक क्रियाकलापमा पनि बिशेष महत्व राख्ने गर्छ ||
सिम्ले युनाइटेड बोइज क्लबको सप्तदिने सफाई अभियान शुरु
15Jul2018
Post a Comment