बिओए उपाध्यक्ष अनित थापाको मङपु भ्रमणमा लाब्दालाई उपहार

GTA BOA Vice chairman Anit Thapa in Mungpoo
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए उपाध्यक्ष अनित थापाले मङपु लाब्दा समष्टिको दुई दिने भ्रमण गर्यो | आफ्नो दुई दिने भ्रमण अवधि आज लाब्दा शाखा अन्तर्गत गोरेटो समाज घरमा सम्पूर्ण लाब्दाबासीलाई लिएर एउटा महत्वपूर्ण सभा पनि गर्यो | जुन सभामा उपाध्यक्ष थापाले लाब्दा शाखाको मूल समस्या लोवर लाब्दादेखि शान्ति धुरा भएर नालीडाँडासम्मको सडक रहेकोले आगमी सेप्टेम्बर महिनादेखि निर्माण कार्य शुरु हुने बचन दिए | यस बाटोको समस्या लिएर धेरै पल्ट गाउँलेहरुले उपाध्यक्षलाई भेटेर समाधानको अपिल गरेका थिए भने धेरै पल्ट गाउँलेमाझ पनि मनमुटाव भएको हो | आज उपाध्यक्षको बचनलाई सम्पूर्ण लाब्दाबासीले भरोसा गर्दै अब भने दुर्गम गाउँ बस्तिका जनताले सुविधा उपभोग गर्न पाउने आशा गरेका छन् | यो घोषणालाई लाब्दा बासीले उपाध्यक्षको भ्रमण उपहार सम्झेका छन् | आफ्नो सम्बोधनमा थापाले मङपुमा निर्माण हुन गइरहेको राज्य स्तरीय विश्वविधालय मङपु लगायत सम्पूर्ण पहाडबासीको निम्ति खुशीको कुरो रहेको पनि जानकारी गराए | यसको साथै मङपु क्षेत्रमा दिनोदीन बढ्दै गइरहेको पानीको समस्या पनि चाडै समाधान गरिदिने तिनले विश्वस्त गराएका छन् | 
सभापति सिठु मोक्तानको सभापतित्वमा सम्पन्न सभामामा जीटीए उपाध्यक्ष अनित थापा संगै खरसाङ महकुमा समिति मूल सचिव अनोस थापा, बीओए सदस्य जे खातुन, अनु प्रधान आदि उपस्थित रहेका थिए भने मङपुबात मिरेन लामा केन्द्रिय समिति सदस्य, समष्टि सभापति एडवर्ड लेप्चा, सचिव गगन राई, समष्टि युवा मोर्चा सचिव विज्ञेन मिश्र, समष्टि नारी मोर्चा सभापति बसुन्धरा रावत आदि पनि उपस्थित रहेका थिए |
सम्पूर्ण गाउँबासीको पक्षमा लाब्दा विभागमा आज पर्यान्त बिकाशमुलक कार्य नभएको गुनासो र अब भने लाब्दा शाखामा विकाशको मूल फुट्न पर्ने सुझाव संगै बीबी प्रधानले स्वागत सम्भाषण राखे | यसरी नै केन्द्रीय समिति सदस्य मिरेन लामाले सिन्कोना बगानको समस्या माथि चिन्ता गर्दै केही महिना भित्रमा समस्या समाधान हुने पनि बताए |
लाब्दा शाखा सचिव दिपेन योन्जनले संचालन गरेको सभामा सिन्कोना प्लान्टेशन वकर्स युनियन केन्द्रीय समिति सचिव अमृत खड्का, युनियन समष्टि सभापति किशन बुडाथोकी, सचिव राजेश तामांग साथै युवा मोर्चा केन्द्रीय समिति सदस्यहरुको पनि उपस्थित रहेको थियो ||

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए उपाध्यक्ष अनित थापाले मङपु लाब्दा समष्टिको दुई दिने भ्रमण गर्यो | आफ्नो दुई दिने भ्रमण अवधि आज लाब्दा शाखा अन्तर्गत गोरेटो समाज घरमा सम्पूर्ण लाब्दाबासीलाई लिएर

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.