मोर्चा बिमल गुटको बयानपछि बड्यो बिनय गुटको प्रतिक्रिया

Anosh Thaha GTA Sabhasad
गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष तथा २०१७ को गोर्खाल्याण्ड आन्दोलनपछि भूमिगत बनेका नेता बिमल गुरुङका समर्थकहरुले शहिद बरुण भुजेलको पहिलो पुण्यतिथिको छेक पार्दै आफ्ना सक्रिय बयानहरु पत्रिकातिर दिन थालेपछि मोर्चाकै बिनय गुटबाट एकाएक प्रतिक्रिया बढ्न थालेका छन् | बिमल गुरुङ गुटका कर्णल रमेश आलेले दार्जीलिंग समस्या लिएर केन्द्रमा राम्रो वातावरण बनिरहेको दाबी गर्दै अब राज्य सरकारसित पनि वार्तामा बस्न पत्रचार गर्ने कुरो बताएपछि झनै प्रतिक्रिया बढेर गएको छ |
 यही सन्दर्भमा मोर्चा बिनयपन्थीका नेताहरुले आ - आफ्नो बयान दिएका छन् -

 गोजमुमो (विनय गुट) उपाध्यक्ष सतीस पोखरेल भन्छन् - 
 
विमल गुरूङ अनि कर्णल रमेश आलेहरूले केन्द्र सरकारबाट गोर्खाल्याण्डको सन्दर्भमा सकरात्मक सहयोग अनि जवाब नपाएपछि अब राज्य सरकारलाई रिझाएर संगीन कानूनी मुद्दाहरूबाट बाँच्न अनि जीटीएको चौकीमा नै फेरि फर्किन खोजिरहेका छन्’ – उक्त कुरा गोजमुमो (विनय गुट) उपाध्यक्ष सतीस पोखरेलले प्रेस विज्ञप्ती जारी गरेर भनेका हुन्।
गोजमुमो विमल-बिनय गुट माझ चलिरहेको वाक युद्धको क्रममा पोख्रेलले आज एक प्रेस विज्ञप्ती जारी गरेर विमल गुरुङ गुटको कटाक्ष गरेका हुन्। यसक्रममा उनले रमेश आलेले संविधानको धार 3 अनुसार राज्य सरकारसँग वैठक गर्छु भन्नु जनतालाई ढाँटेर खिचडी पकाउने कार्य गरेको पनि आरोल लगाएका छन्।
‘गोर्खाल्याण्डको निम्ति केवल केन्द्र सरकारसित बातचीत हुनेछ भनेर घोषणा गर्ने विमल गुरूङहरूले अविश्वनीय तरीकाले यु- टर्न लिँदै राज्य सरकारसित वार्ता गर्न तम्सिरहेका छन्। यसैले राज्य सरकारसित वार्ता बस्नुको उद्धेश्य धारा 3 अथवा राज्य गठनको मुद्दा हुनेछ भनेर कर्णल आलेले जनतासामु ढाँटेर उनीहरूले अर्कै खिचड़ी पकाइरहेका छन् भन्ने हामीलाई पूर्ण विश्वास छ’ सतीस पोख्रेलले थप भनेका छन् – ‘उनीहरूले जनतालाई ढाँटिरहेका छैनन् भने राज्य सरकारलाई लेखेको उक्त पत्र जनतासामु सार्वजनिक गरून् भनी हामी कर्णल रमेश आलेलाई चुनौती दिँदछौं ।यसो गरे दूधको दूध पानीको पानी भइहाल्छ।’
उनले जारी विज्ञप्तीमा गतवर्ष नवन्नामा सम्पन्न वैठकमा मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाल्याण्ड संवैधानिक माग रहेको अनि केन्द्र विषय रहेको भनेपछि गोर्खाल्याण्डको निम्ति मरिमेट्ने विमल गुरूङहरूले त्यतिबेला केन्द्र सरकारलाई किन दबाउ दिन सकेनन्? भनि प्रश्न समेत तेर्साएका छन् भने सांसद आहलुवालीयाको भूमिका बारे पनि प्रश्न गरेका छन्।
यसक्रममा उनले कर्णल आलेलो संविधानको धारा 3 अनुसार वार्ता गर्छु भन्नु केवल ढाकछोप गर्ने कार्य मात्र हो भन्दै यदि वार्ता बै गर्नु थियो भने एक वर्षअघि नै चै वार्ता गर्नुको साटो विमल गुरूङ जङ्गल पसेर युवाहरूलाई हतियार थम्याउनुको उद्धेश्य चै के थियो? भनि प्रश्न गरेका छन्।
‘आफूहरू गणतान्त्रिक पद्धतिमा अघि बड्ने बताउने कर्णल रमेश आलेलाई भन्न चाहन्छौं कि आन्दोलनको नाम गरेर जङ्गल पसेर बम- बारूद पड़्काएर, निर्दोष मानिसहरूको बलि चड़ाएर, माटोले रगत माग्दैछ भन्ने जस्ता हिसाँत्मक भड़काउ आह्वान गर्नेहरूले अहिले आएर गणतन्त्रको कुरा गर्नु पटक्कै सुहाउँदैन’ सतीस पोख्रेलले कर्णल रमेश आलेलाई जवाब दिएका छन्। यसक्रममा आलेले बिनय तामाङ अनि अनित थापाहरूले के-के गर्‍यो भनि सोधेका प्रश्नहरूको जवाब पनि उनले दिएका छन्। यसैक्रममा उनले अहिले आएर गणतान्त्रिक आन्दोलन गर्छौँ भन्ने विमल गुटले अघिको आन्दोलन गणतान्त्रिक गरेका भए सहिद बन्न पर्ने थिएन भनि पोख्रेलले बताएका छन्।
‘धेरैको घर उजाड़ेर अहिले आफूहरूको टाउको बचाउनमात्रै विमल गुरूङहरूले गणतन्त्रको कुरा गरिरहेका छन्। राज्य सरकारसित वार्ता बस्ने उनीहरूको ध्येय पनि गोर्खाल्याण्ड आन्दोलन होइन तर आफूहरूको सुरक्षा र जीटीएको चौकीमात्रै हो’ सतीस पोख्रेलले भनेका छन्।


त्रिपक्षीय वार्ता भूमिगत नेताहरूको पोलिटिकल स्टन्ट मात्रै हो – अनोश थापा


त्रिपक्षीय वार्ता आगामी नोभेम्बरमा हुन्छ भनी भूमिगत नेताहरूले ढोल पिटिरहेको अनि यो केवल पोलिटिकल स्टण्ड मात्रै हो भन्ने गोजमुमोले दावी गरिरहेका छन्।
गोजमुमो खरसाङ महकुमा समितिको महासचिव एवं पूर्व सभासद अनोश थापाले उक्त दावी गर्दै केन्द्रिय गृहसचिवले गोर्खाल्याण्ड बिषयमा हामी केही गर्न सक्तैनौं भनेर भनिसकेको कुरा कर्णल आलेको मुखबाट पनि सुनिसकेको उल्लेख गर्दै यही कारण विमल गुरूङहरू अब बंगालसित द्विपक्षीय वार्ता गर्न राज्य सरकारलाई निवेदन गरिरहेको पनि दावी गरेका छन्। यदि त्रिपक्षीय वार्ता नोभेम्बर महीनामा हुन्छ भने फेरि राज्य सरकारलाई द्विपक्षीय वार्ताको निम्ति किन अनुरोध गरेर चिठी पठाइयो भन्ने प्रश्न उठाउँदै थापाले विमल गुरूङहरूको उक्त कार्यलाई तमाशाको संज्ञा पनि दिएका छन्।
बीजेपीलाई दुई-दुईपल्ट जिताएको कारण नै गोर्खाल्याण्डको लागि हो, केन्द्र राज्यभन्दा ठूलो भएको कारणले आफ्नो भिटो पावर  लगाएर भए बंगालको इच्छा विपरीत गएर पनि गोर्खाल्याण्डमाथि निर्णय लिन सक्छ भनेर हो।तर केन्द्रलाई भोट हालेर पनि बंगालकै बाटो भएर नै जानु हो भने पहाड़को जनतालाई किन माछा-माछा भ्यागुता को खेलमा लण्डाइरहने? यसरी नै भावनाको राजनीति गरेर फेरि माटोले रगत माग्दैछ  भनेर साधारण जनतालाई उकासेर बलि चढाउनु मात्र हो।राजनीति भावनामा आखा चिम्लेर होइन तर आँखा खोलेर व्यवहारिकतामा गर्नुपर्छ- महासचिव अनोज थापाले भने।
राज्य सरकारसित वार्तामार्फत नै समस्याको समाधान निकाल्न सकिन्छ भन्दा एकवर्ष अघाड़ि विनय तामाङ अनि अनित थापालाई माटो विरोधी अनि गद्धार भन्दै पहाड़ चड़्न नदिने समेत धम्की दिनेहरू आज एक वर्षपछि विनय अनि अनितकै बाटो पछ्याउँदै वार्ताको निम्ति अनुरोध पठाउँदा चै उनीहरू माटो विरोधी नहुने भन्दै थापाले व्यङ्ग्य पनि कसेका छन्।एक वर्ष अगाड़ि विनय अनि अनितले लिएको निर्णय नै सही थिएछ भन्ने पनि जनतासामु आज प्रमाणित भएको पनि थापाले दावी गरेका छन्।


with http://pratibymba.com input

गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष तथा २०१७ को गोर्खाल्याण्ड आन्दोलनपछि भूमिगत बनेका नेता बिमल गुरुङका समर्थकहरुले शहिद बरुण भुजेलको पहिलो पुण्यतिथिको छेक पार्दै आफ्ना सक्रिय बयानहरु

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.