समयले साथ दिएन कालेबुङ टोलीलाई, २ को विरुद्ध ३ गोल गर्दै युनाइटेड सिक्किम सेमीफाइनलमा

United sikkim wins united brothers kalimpong
युनाइटेड सिक्किम बनाम युनाइटेड ब्रदर्श कालेबुङको घमासान भिडन्त आज मङपु गोल्ड कपमा भयो | दुवै दलको उत्कृष्ट प्रदर्शनीले दर्शकवर्गलाई अन्त सम्मनै मनोरन्जन दिलायो | शुरुमा खेलको २६ मिनट बितेर जाँदा युनाइटेड सिक्किमका जर्सी नम्बर १९ जाग्पो तामांगले एक गोल गरेपछि धुवाँदार बनेको खेल लगत्तै ६९ मिनटमा कालेबुङ टीमका जर्सी नम्बर ६ देवासिष राईको दर्शनीय गोलले झनै आगोमा घिउ हाल्ने काम भयो | दुवै पक्षले आफ्नो दललाई जिताउने होड चल्दा चल्दै पुन: सिक्किम टीमका जाग्पो तामांगकै अर्को गोलले विपक्षीको मनोबल तोड्ने काम गर्यो | तैपनि हातमा समय भएको कारण फेरि अर्को गोल कालेबुङकै पक्षबाट ८३ मिनटमा समिप तामांगले छिराएपछि अकमक्क बनेको दर्शकलाई लगत्तै ८८ मिनटमा सिक्किम टीमका एम्जोहाङ सुब्बाले मुहतोड गोल दागेपछि कालेबुङ टोलीलाई समयले पनि साथ दिएन | यसरी निर्धारित समयभित्र युनाइटेड सिक्किमले २ को विरुद्ध ३ गोल गर्दै युनाइटेड ब्रदर्श कालेबुङलाई परास्त गरेको छ | खेल अवधि सिक्किम टीमका एमजोहाङ सुब्बा अनि कालेबुङ टीमका दावा भोटियाले पहेंलोकार्डको सामना गर्न पर्यो | भोलि अर्थात २९ अक्टोबरमा बिर्तामोड एफसी नेपाल र सिक्किम बोइसको धुवाँदार भिडन्त अन्तिम क्वाटर फाइनलको रुपमा हुनेछ ||  

युनाइटेड सिक्किम बनाम युनाइटेड ब्रदर्श कालेबुङको घमासान भिडन्त आज मङपु गोल्ड कपमा भयो | दुवै दलको उत्कृष्ट प्रदर्शनीले दर्शकवर्गलाई अन्त सम्मनै मनोरन्जन दिलायो | शुरुमा खेलको २६ मिनट बितेर

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.